Skip to content
September 20, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

एनआईसी एशिया बैंक र एनसीएचएलबीच नेपाल पे कार्ड जारी गर्ने सम्झौता

Kamal Tamang December 1, 2025
1
Share On:


काठमाडौं ।एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ आफ्ना ग्राहकहरुलाई नेपाल पे कार्ड जारी गर्ने सम्बन्धमा नेपाल क्लियरीङ हाउस लिमिटेड (एनसीएचएल) सँग रणनीतिक सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौताले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) को रूपमा इजाजत प्राप्त एनसीएचएलद्वारा सञ्चालित स्वदेशी कार्ड योजना (डोमेस्टिक कार्ड स्क्याम) अन्तर्गतको यस नेपाल पे कार्ड आफ्ना ग्राहकहरुलाई जारी गर्न बैंक प्रमुख साझेदार बनेको छ भने बैंकलाई एनसीएचएलको राष्ट्रिय कार्ड स्वीचको प्रमुख साझेदारको रूपमा स्थापित गरेको छ ।

यस सम्झौताले बैंकलाई नेपालको राष्ट्रिय भुक्तानी स्वीचमा पूर्ण रूपमा एकीकृत हुन मद्दत गर्नुको साथै स्वदेशी कार्डको रुपमा परिचित नेपाल पे कार्ड जारी गर्न बाटो खुलाउनेछ । साथै, देशभरका पीओएस र एटीएम नेटवर्कहरू मार्फत गरिने कारोबारहरू राष्ट्रिय शुल्क संरचना अन्तर्गत रहने सुनिश्चितता समेत गर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौताले बैंकका ग्राहकहरुलाई आधुनिक, भरपर्दो र राष्ट्रिय मापदण्डको स्वदेशी कार्ड सेवाहरूमा पहुँच सुनिश्चित गरी डिजिटल बैंकिङप्रति बैंकको दृढ प्रतिबद्धतालाई टेवा दिनेछ ।

Post navigation

Previous: करदाताको पैसा दुरुपयोग हुन हुँदैन : अर्थमन्त्री रामेश्वर खनाल 
Next: मेटलाइफ नेपाल र बीमा गोजिमा एपबीच विशेष बीमा सुरक्षा प्याकेजहरु सार्वजनिक

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.