Skip to content
nepWordLogoTitle

Custom Ad 1
Primary Menu
  • Home
  • World
  • Technology
  • नेपाली
Light/Dark Button
  • Technology
  • Uncategorized
  • World

प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकीः यस्ता छन् चुनाव चिह्न

Kamal Tamang December 8, 2025 1 min read
1
Share On:



काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको छ । आयोगमा १२० राजनीतिक दलले प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन आवेदन दिएका थिए । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १०२ राजनीतिक दललाई एकल रूपमा चुनाव चिह्न प्रदान गरिएको छ ।

१२ राजनीतिक दलले संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने भनी आवेदन दिएकाले संयुक्त चुनाव चिह्न प्रदान गरिएको हो । यस आधारमा आयोगले कूल १०७ वटा चुनाव चिह्न प्रदान गरिएको जनाएको छ । आयोगमा कूल १४३ राजनीतिक दल दर्ता कायम भएका छन् । निर्वाचनमा भाग लिने दलको सङ्ख्या ११४ छ । निर्वाचनका लागि १०७ चुनाव चिह्न प्रयोग हुनेछन् ।

आयोगले प्रदान गरेका चिह्नहरूमा पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा तारा, चौथोमा घण्टी चुनाव चिह्न रहेका छन् । हलो, ढल्केको छाता, लाउड स्पिकर, पिँध भएको सादा ढकिया, साइकल, मादल, गिलास, लौरो, खुलेको एकल आँखा, जरायो, दुई हात जोडेको नमस्कार निर्वाचन चिह्नका रूपमा प्रयोग हुनेछन् ।

त्यसैगरी कुखुराको भाले, जग, पन्जा छाप, इनार, डोको, हसियाँ र तारा, कमलको फूल, माथिपट्टी फर्केको धनुष, गितार, घर, हँसिया, मोटरसाइकल, साँचो, दायाँ हातले समातेको मसाल, कछुवा, चङ्गा, बाँसुरी, गैँती, दापसहितको खुकुरी पनि निर्वाचन चिह्नका रूपमा प्रयोग हुनेछन् ।

आयोगका अनुसार, तुलसी मठ, गाग्री, ब्याट्री, मान्छेको काँधमा बोकिरहेको ढुङ्गा, ढाका टोपी, पुतली, सुगा, हथौडा, गोलाकार भित्र शङ्ख, बज्र, हात्ती, उडिरहेको माहुरी, पुरुष, काखमा बच्चा लिएको आमा, चुच्चोले चिट्ठी बोकेर उड्न लागेको परेवा, अँजुलीमा रहेको माटो, बाली बोकेका महिलाको आकृति, कोदालो बोकेका किसान, त्रिशुल, घोडा, गोलो घेराभित्र दुई पात भएको गुलाफलको फूल, लोककला कोरिएको गाग्रोमा आँपको कलश र त्यसमाथि नरिवल, कम्प्युटर किबोर्ड, गाडा निलो कलरको गोलाकारभित्र २४ किलाको चक्र, हात मिलाएको, चापाकल पनि निर्वाचन चिन्हका रूपमा प्रयोग हुनेछन् ।

बलिरहेको बिजुलीको चिम, सिट्ठी, प्रेम, ओदान, तीर, ट्रयाक्टर, रेडियो, रथ, तीन ढुङ्गे अधिनो, ढुङ्गे धारा, गदा, भेडा, चश्मा, बलिरहेको दियो, बस, स्कुटर, पाँचमुखे रुद्राक्षको दाना निर्वाचन चिह्नका रूपमा प्रयोग हुनेछ । दुई वटा पैतला छाप, करुवा, षटकोण, सुकुन्दा, पुल, चकिया, माटोबाट उम्रिएको तीन पात भएको बिरुवा, गोलो घेराभित्र पानीको बोतल, बुल्डोजर, लुगा सिउने कल, हात मिलाएको महिला र पुरुष, परेवा, तराजु, खरायो, सेतो र कालो रंगको जुत्ता, खुला किताब, खुलेको ताला, आवाज सुनिरहेको कान, श्रीवत्स समृद्धिको प्रतीक, गोलाकारभित्र बुढी औँला उठाएको लाइक, कोदालो, मकैका बाला, दुई औँला खुलेको औँला बन्द भएको हातको आकृति, जगर भएको सिंह, डुङ्गा र भैँसी पनि निर्वाचन चिह्न रहेका छन् ।

Post navigation

Previous: रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आजदेखि निष्कासनमा
Next: थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप, सिमानामा ५ दिनसम्म आक्रमण

Related Stories

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शन

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन 

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्तिका लागि आह्वान, तोक्यो बन्न १५ मापदण्ड

Kamal Tamang May 29, 2026
  • 1
    सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शनMay 29, 2026
  • 1
    उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन May 29, 2026
  • 1
    डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्तिका लागि आह्वान, तोक्यो बन्न १५ मापदण्डMay 29, 2026
  • 1
    स्थानीयले गराए पूर्वपश्चिम राजमार्ग अवरुद्ध, सडक निर्माणमा ढिलासुस्ती भएको आरोपMay 29, 2026
  • 1
    बजेटको अन्तिम तयारीका लागि रातभरि मन्त्रालयमै बसे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेMay 29, 2026
  • 1
    गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो : प्रचण्डMay 29, 2026

You may have missed

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शन

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन 

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्तिका लागि आह्वान, तोक्यो बन्न १५ मापदण्ड

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

स्थानीयले गराए पूर्वपश्चिम राजमार्ग अवरुद्ध, सडक निर्माणमा ढिलासुस्ती भएको आरोप

Kamal Tamang May 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

Our Team

Our Team
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Links

  • सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शन
  • उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन 
  • डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्तिका लागि आह्वान, तोक्यो बन्न १५ मापदण्ड
  • स्थानीयले गराए पूर्वपश्चिम राजमार्ग अवरुद्ध, सडक निर्माणमा ढिलासुस्ती भएको आरोप
  • बजेटको अन्तिम तयारीका लागि रातभरि मन्त्रालयमै बसे अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd.