Skip to content
September 19, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

‘भारतमा मृत्यु भएका नेपालीहरुको शव व्यवस्थापन तथा राहत तत्काल प्रदान गनुपर्छ : प्रचण्ड

Kamal Tamang December 9, 2025
1
Share On:


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले शनिबार भारतको गोवामा र उत्तरप्रदेशमा भएका आगलागीका घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आगलागीका घटनामा मृत्यु भएका सातजना नेपालीको शव व्यवस्थापन तथा आवश्यक राहत प्रदानका लागि सरकारले छिटो कदम चाल्नुपर्ने समेत बताएका हुन् ।

उनले लेखेका छन्, ‘भारतको गोवा र उत्तरप्रदेशमा भएका आगलागीका घटनामा सातजना नेपालीको मृत्यु भएको दुःखद खबरले म स्तब्ध बनेको छु । कीर्तिशेष दाजुभाईहरूमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’

साथै संयोजक प्रचण्डले आफ्नो पार्टीका सम्बन्धित प्रवास समितिहरूलाई मृतकहरूका शव व्यवस्थापन तथा आवश्यक राहत प्रदानका लागि समन्वय र सहजीकरणका लागि निर्देशन दिएका छन् ।

‘मृतकहरूका शव व्यवस्थापन तथा आवश्यक राहत प्रदानका लागि सरकारले छिटो कुटनीतिक कदम चालोस् भन्ने आग्रह गर्दछु। साथै, पार्टीका सम्बन्धित प्रवास समितिहरूलाई समन्वय र सहजीकरणका लागि निर्देशन गर्दछु,’ उनले लेखेका छन् ।

Post navigation

Previous: नेपाल बैंक र पाटन हेल्थ ल्याब प्रा.लि. बिच विशेष सम्झौता
Next: देशभरका भन्सार कार्यालय आजदेखि ठप्प, रोकिए सबै प्रकारका मालवस्तुको आयात निर्यात 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.