Skip to content
September 20, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

जेडटीईको नुबिया एयर र नुबिया भि८० डिजाइन सार्वजनिक

Kamal Tamang December 19, 2025
1
Share On:


काठमाडौं । ग्लोबल टेक जाएन्ट जेडटीई कर्पोरेसनले नेपालमा आफ्ना २ नयाँ स्मार्टफोन मोडेलहरु जेडटीई नुबिया एयर र जेडटीई नुबिया भि८० डिजाइन सार्वजनिक गरेको छ। उच्च प्रदर्शन र आकर्षक डिजाइनका स्मार्टफोन सहज मूल्यमा उपलब्ध गराउने प्रतिबद्धतालाई निरन्तरता दिँदै यी दुवै मोडेल शुन्य प्रतिशत ब्याजदरको मासिक किस्ताबन्दीको सुविधासहित उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

यसले एड्भान्स्ड स्मार्टफोन प्रविधिलाई नेपाली उपभोक्ताका लागि अझ सहज र पहुँचयोग्य बनाउने अपेक्षा गरिएको छ।

नयाँ जेडटीई नुबिया एयरले स्लिम स्मार्टफोन इन्जिनियरिङमा नयाँ मापदण्ड स्थापित गरेको छ। केवल ५.९ मिलिमिटर मोटाइको यस स्मार्टफोनले प्रिमियम बनावट र मजबुत टिकाउपनलाई एकसाथ ल्याएको छ। यसमा ६.७८ इन्चको १.५ के एमोलेड डिस्प्ले छ, जसलाई कोर्निङ गोरिल्ला ग्लास ७आईले सुरक्षित गरेको छ।

साथै, आईपी६८, आईपी६९ र आईपी६९के धुलो तथा पानी प्रतिरोध उपलब्ध हुनु यस मूल्य श्रेणीमा दुर्लभ संयोजन मानिन्छ। युनिसक टी८३०० चिपसेटमा आधारित र एन्ड्रोइड १५ मा सञ्चालन हुने नुबिया एयरले सहज र फ्युचर सेन्ट्रिक पर्फर्मेस दिन्छ। यस स्मार्टफोनमा ५० मेगापिक्सेलको प्राइमरी क्यामेरा, २० मेगापिक्सेलको सेल्फी क्यामेरा, र ३३ वाट फास्ट चार्जिङ सपोर्ट गर्ने ५,००० एमएएच क्षमताको ब्याट्री भएकोले आनन्दसंग फोन दिनभरि प्रयोग गर्न मिल्छ। ८ जिबी र्याम र २५६ जिबी स्टोरेज भेरियन्टमा उपलब्ध यो मोडेलको मूल्य नेपाली रुपैयाँ ३३,९९९ तोकिएको छ।

यसैगरी, आकर्षक फिनिस र सन्तुलित प्रदर्शन चाहने प्रयोगकर्ताका लागि जेडटीईले नुबिया भि८० डिजाइन पनि सार्वजनिक गरेको छ। एन्ड्रोइड १६ मा चल्ने यो स्मार्टफोन ८ जिबी र्याम र १२८ जिबी स्टोरेज भेरियन्टमा नेपाली रुपैयाँ १९,९९९ तथा ८ जिबी र्याम र २५६ जिबी स्टोरेज भेरियन्टमा नेपाली रुपैयाँ २१,९९९ मा उपलब्ध छ।

एण्ड्रोइड १६ मा चल्ने नुबिया भि८० डिजाइन युनिसक टी७२८० चिपसेटद्वारा सञ्चालित छ। यसमा २२.५ वाट फास्ट चार्जिङ र १० वाट रिभर्स चार्जिङ सपोर्ट सहित ५,००० मिलिएम्पियर–आवर क्षमताको ब्याट्री दिइएको छ। फोटोग्राफीका लागि ५० मेगापिक्सेल प्राइमरी एआई क्यामेरा र १६ मेगापिक्सेलको सेल्फी क्यामेरा उपलब्ध छ, जसले दैनिक फोटो, भिडियो र सञ्चारका आवश्यकतामा भरपर्दो साथ दिन्छ।

शंकर ग्रुपका एक्जिक्युटिभ डाइरेक्टर सक्षम जाटियाले भने,“जेडटीई नुबिया एयर र नुबिया भि८० डिजाइन सार्वजनिक गर्दै हामी हरेक मूल्यमा एडभान्स टेक्नोलोजी पुर्‍याउने जेडटीईको रणनीतिलाई थप मजबुत बनाइरहेका छौँ। अत्यन्तै स्लिम प्रिमियम डिजाइन र फ्ल्यागशिप स्तरको टिकाउपनदेखि लिएर आकर्षक शैलीसहितको किफायती प्रदर्शनसम्म, यी स्मार्टफोनहरूले नेपाली उपभोक्ताको अपेक्षाभन्दा बढी दिने हाम्रो लक्ष्यलाई स्पष्ट रूपमा देखाउँछन्।” दुवै स्मार्टफोन अहिले नेपालभरका आधिकारिक जेडटीई विक्रेतामार्फत शून्य प्रतिशत किस्ताबन्दीमा उपलब्ध छन् ।

Post navigation

Previous: देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔं : मन्त्री घिसिङ
Next: जेनजी आन्दोलनः घाइते भएकाहरूलाई सरकारले मासिक रूपमा निर्वाह भत्ता दिने 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.