काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन विवादबारे छानबिन गर्न समिति गठन गरेको छ ।
बोर्डले बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्कासन गर्नेबारे भएका कामकारबाहीबारे निष्पक्ष छानबिन गर्न समिति गठन गरेको हो ।
अर्थ मन्त्रालयले पुस १ मा धितोपत्र बोर्डलाई पत्र पठाउँदै रिलायन्स स्पिनिङको बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्कासनबारे छानबिन गर्न निर्देशन दिएको थियो ।
यसैअनुसार बोर्डको बिहीबार (पुस ४) गतेको निर्णयानुसार बोर्ड सदस्य विनोदकुमार भट्टराई र पीताम्बर भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।
बोर्डले समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनेको छ । बोर्डका अनुसार समितिले आवश्यकतानुसार अन्य व्यक्तिलाई समेत आमन्त्रित गर्न सक्ने पनि बोर्डले जनाएको छ ।
