Skip to content
September 20, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

नयाँ शक्तिहरू एकजुट हुन्छौँ – मन्त्री घिसिङ, सुशीला कार्की नेतृत्वको सरकार भङ्ग गर्न विप्लवको १० दिने ‘अल्टिमेटम’

Kamal Tamang December 24, 2025 1 minute read
2
Share On:

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले मुलुकको परिवर्तनलाई संस्थागत गर्न र सुशासन कायम गर्न सबै नयाँ शक्तिहरू एकजुट हुने बताएका छन् । सय दिनको उपलब्धि सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री घिसिङले यस्तो बताएका हुन् ।

‘हामीले अहिलेसम्म कुनै पनि ठाउँमा सुशासनको विषयमा सम्झौता गरेका छैनौँ,’ उनले भने, ‘तलदेखि माथि सम्मका निकायहरूमा देखिएका समस्याहरूलाई सम्बोधन गर्दै अघि बढ्नुपर्छ र गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ।’

घिसिङले आफू मन्त्रीको हैसियतमा राजनीतिक क्षेत्रमा प्रवेश गरिसकेको र आगामी निर्वाचन मुलुकका लागि निर्णायक हुने बताए । उनले निर्वाचनमा जाँदा सबै नयाँ र प्रगतिशील शक्तिहरू मिलेर जानुको विकल्प नभएको उल्लेख गरे।  

उनले देशका लागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउनुपर्ने र जस्तोसुकै परिस्थितिमा पनि मुलुकको हितलाई केन्द्रमा राख्नुपर्ने बताए । नयाँ शक्तिहरूबिचको एकताले मात्रै मुलुकमा देखिएका विद्यमान चुनौतीहरूको सामना गर्न सकिने उनको दाबी थियो।

त्यस्तै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्कीको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न माग गरेको छ ।
बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई १३ बुँदे ज्ञापनपत्र बुझाउँदै नेकपा माओवादीले कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गर्न माग गरेको हो ।

ज्ञापनपत्रमा जेनजी विद्रोहको भावना अनुरूप विशेष परिस्थितिमा अवलम्बन गरिने आवश्यकताको सिद्धान्तलाई प्रयोग गरी संविधान संशोधन गर्न माग गरिएको छ ।

Post navigation

Previous: नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
Next: निर्वाचन आचारसंहिता–२०८२ सार्वजनिक, उल्लङ्घन गर्नेको नाम सार्वजनिक गरिने

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.