Skip to content
September 19, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

 प्रतिनिधि सभा निर्वाचनः मतपत्र छपाइको तयारीमा जुट्यो निर्वाचन आयोग

Kamal Tamang December 30, 2025 1 minute read
1
Share On:


काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ प्रक्रिया अघि बढाएको छ । सुरुमा समानुपातिकतर्फको र त्यसपछि प्रत्यक्षतर्फको मतपत्र छापिने छ । भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छापिने छ । निर्वाचन आयोगले यसअघि नै पुस १६ गतेदेखि मतपत्र छाप्ने तालिका निर्धारण गरेको थियो ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले समानुपातिकतर्फ भाग लिने राजनीतिक दल र निर्वाचन चिह्न निश्चित भइसकेकाले सुरुमा समानुपातिकको मतपत्र छाप्ने बताए । ‘५८ दल र ६४ चुनाव चिह्न एकिन भइसकेकाले सुरुमा समानुपातिकको मतपत्र छाप्ने काम हुन्छ,’ उनले भने ।

फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कुल १ करोड ९० लाख ५ हजार ३२४ मतदाता नामावली संकलन तथा अद्यावधिक गरिएको छ । समानुपातिकतर्फ कुल मतदाताको १० प्रतिशत अतिरिक्त मतपत्र छाप्ने आयोगको नीति छ । समानुपातिकको मतपत्र छाप्ने काम २० देखि ३० दिन लाग्ने अनुमान छ । समानुपातिकको मतपत्र छापिसकेपछि प्रत्यक्षतर्फको मतपत्र छाप्ने काम सुरु हुनेछ । प्रत्यक्षतर्फको मतपत्र हरेक निर्वाचन क्षेत्र अनुुसार फरक फरक हुनेछ । 

Post navigation

Previous: बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन
Next: शीतलहरबाट जनजीवन प्रभावितः राजविराजसहित तीन पालिकाले विद्यालयमा बिदा

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.