Skip to content
September 20, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

पुस २५ देखि आईपीओ निष्कासन गर्दै पाल्पा सिमेन्ट इण्डष्ट्रीज

Kamal Tamang January 1, 2026 1 minute read
1
Share On:


काठमाडौं ।काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पुस २५ गतेदेखि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट पुस ९ गते कुल ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता साधारण शेयर -प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ+ निष्कासनका लागि अनुमति पाएको थियो । सो स्वीकृतिअनुसार पहिलो चरणमा जारी शेयरमध्ये आयोजना प्रभावित क्षेत्र पश्चिम नवलपरासी -साविक नवलपरासी जिल्ला- तथा खानी रहेको पाल्पा जिल्लाका स्थानीय बासिन्दाका लागि ५ प्रतिशत अर्थात १८ लाख ७५ हजार कित्ता साधारण शेयर निष्कासन गरिनेछ । यसको कुल रकम १८ करोड ७५ लाख रुपैयाँ हुनेछ ।

यसैगरी, बाँकी ५६ लाख २५ हजार कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात ५ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीका लागि छुट्टाइएको शेयर सम्पूर्ण बिक्री नभएमा सो बराबरको शेयर समायोजन गरी सर्वसाधारणमा निष्कासन गरिने पनि कम्पनीको भनाइ छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली दुवैले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन छिटोमा माघ ९ गते र ढिलोमा माघ २५ गते बन्द हुनेछ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा पुस ३० गते र ढिलोमा माघ ९ गतेसम्म आवेदन दिन सकिनेछ ।

Post navigation

Previous: नेप्से परिसूचक १० अङ्कले बढ्यो, कति भयो कारोबार ?
Next: घट्यो पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.