Skip to content
September 19, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

नयाँ वर्षमा एआई प्रभाव, सेयर बजारको स्थिति सुदृढ

Kamal Tamang January 2, 2026 1 minute read
1
Share On:


काठमाडौं । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुआत सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात्रा भने कम देखिएको छ । लगानीकर्ता अहिले संयुक्त राज्य अमेरिकाको वाल स्ट्रिटबाट नयाँ सङ्केतको प्रतीक्षामा छन् ।

सन् २०२५ मा विश्व सेयर बजारले उल्लेखनीय वृद्धि देखाएको थियो । अमेरिकाको एस एन्ड पी ५०० सूचकाङ्क १६.४ प्रतिशतले बढ्यो भने प्रविधि केन्द्रित नास्ड्याक २०.४ प्रतिशतले उकालो लागेको थियो । बेलायतको एफटीएसई सूचकाङ्कले पनि १६ वर्षयताकै उत्कृष्ट क्रिसमस प्रदर्शन गरेको थियो । एशियामा दक्षिण कोरियाको सेयर बजार सन् २०२५ मा करिब ७५ प्रतिशतले उकालो लागेको थियो । हङकङको हाङ सेङ सूचकाङ्क २८ प्रतिशतले बढ्यो भने जापानको निक्केई २२५ सूचकाङ्क २६ प्रतिशतभन्दा बढीले उक्लिएको थियो ।

विश्लेषक काइल रोड्डाका अनुसार नयाँ वर्षको सुरुआतसँगै सबैको प्रश्न एउटै हुन्छ—के यो वृद्धि निरन्तर रहला ? बजारको साझा धारणा अनुसार यो सकारात्मक प्रवृत्ति जारी रहने अपेक्षा गरिएको छ । उनका अनुसार अमेरिकी अर्थतन्त्रमा वृद्धिदर बढ्ने, मुद्रास्फीति नियन्त्रणमा रहने र ब्याजदर घट्ने अनुमान गरिएको छ, जसले सेयर बजारलाई थप बल पु-याउनेछ ।

शुक्रबार हङकङको सेयर बजार २।२ प्रतिशतले बढ्यो । चिप डिजाइन कम्पनी बिरेन टेक्नोलोजिज आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) पछि ८० प्रतिशतले उकालो लाग्यो । उक्त कम्पनीले ७० करोड अमेरिकी डलरभन्दा बढी रकम संकलन गरेको छ, जसले कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी लगानीप्रति लगानीकर्ताको चासो अझै बलियो रहेको देखाएको छ ।यसैबीच, चिनियाँ खोज इन्जिन कम्पनी बाइडुले आफ्नो एआई चिप इकाइ ‘कुनलुनसिन’ हङकङमा सूचीकृत हुने प्रक्रिया अघि बढाएको घोषणा गरेपछि बाइडुको सेयर करिब ७ प्रतिशतले बढ्यो ।

ताइपेई, सिड्नी, जकार्ता, मनिला र सिङ्गापुरका सेयर बजारहरू पनि उकालो लागेका छन् । दक्षिण कोरियाको कोस्पी सूचकाङ्क १.७ प्रतिशतले बढ्यो । सामसुङ इलेक्ट्रोनिक्सको सेयर ३ प्रतिशतले बढेको छ, जहाँ कम्पनीका उच्च ब्यान्डविथ मेमोरी चिपप्रति ग्राहकको सकारात्मक प्रतिक्रिया आएको बताइएको छ । यसैबीच, नयाँ वर्षको सुरुआतसँगै सुन र चाँदीजस्ता बहुमूल्य धातुको मूल्य पनि बढेको छ । सुनको मूल्य ०.६४ प्रतिशत र चाँदीको मूल्य १.५ प्रतिशतले वृद्धि भएको छ ।

Post navigation

Previous: बैङ्क तथा वित्तीय संस्थाको बचत र कर्जामा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी
Next: गोरखा–२ बाट एमालेले चक्रे मिलनलाई गर्‍यो उम्मेदवार सिफारिस

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.