काठमाडौं । एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।बैंकले हाल कायम चुक्ता पुँजीको २ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति माग गरेको छ । पुस २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरी राष्ट्र बैंकसँग अनुमति माग गरेको हो ।
हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ छ, जसअनुसार बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको ७ लाख ४५ हजार ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा हकप्रद सेयर निष्काशन हुनेछ ।्बैंकले २०७६ सालदेखि नै हकप्रद सेयर जारी गरी पँजी कोषमाथिको दबाब कम गर्ने प्रयास गर्दै आएको थियो । तर, राष्ट्र बैंकले भने वाणिज्य बैंकहरुलाई हकप्रद जारी गर्न नदिने रणनीति अपनाएको थियो ।
