CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82
काठमाडौं । विजय लघुवित्तको एफपिओ आजदेखि एफपिओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले संस्थापक सर्वसाधारण सेयरधनीहरूको सेयर स्वामित्व ७०ः३० कायम गर्न एफपिओ निष्कासन गरेको हो।
साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपछि ७४ करोड ५० लाख ४० हजार ३५९ रूपैयाँ चुक्ता पुॅजी पुगेको यस लघुवित्तको संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व ७४.३९ः२५.६१ रहेकोमा सोही अनुपात मिलाउन लघुवित्तले एफपिओ निष्कासन गरेको हो।
लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७०० रूपैयाँ बराबरको प्रतिसेयर १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता सेयर थप सार्वजनिक निष्कासन गरेको हो। उक्त एफपिओमा पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ।
सो समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि माघ ५ गतेसम्म लम्बिनेछ।सर्वसाधारणले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
