Skip to content
September 19, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

 अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा

Kamal Tamang January 7, 2026
1
Share On:


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार भेनेजुएलाले संयुक्त राज्य अमेरिकालाई तीन करोडदेखि पाँच करोड ब्यारेल कच्चा तेल उपलब्ध गराउने घोषणा गरेका छन । उनले उक्त तेल बिक्रीबाट प्राप्त हुने आम्दानी दुवै देशका ‘जनताको हितमा’ प्रयोग गरिने प्रतिबद्धता व्यक्त गरेका छन ।

यसै सन्दर्भमा ह्वाइट हाउसले शुक्रबार अमेरिकी तेल कम्पनीका उच्च अधिकारीहरूसँग भेनेजुएलाको विषयमा छलफल गर्न बैठक आयोजना गर्ने जनाएको छ । ट्रम्प प्रशासनले भेनेजुएलाको विशाल तर समस्याग्रस्त तेल उद्योगलाई अमेरिकी लगानी र प्रविधिका लागि अझ खुला बनाउन दबाब दिइरहेको बताइएको छ । यस बैठकमा एक्सन, सेभरन र कोनोकोफिलिप्सका प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ ।

यही दिन काराकासका अधिकारीहरूले कम्तीमा २४ जना भेनेजुएलाका सुरक्षा अधिकारीहरू रातारात मारिएको पुष्टि गरेका छन् । ती अधिकारीहरूलाई अमेरिकी पक्षले राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरी संयुक्त राज्य अमेरिकामा लागुऔषधसम्बन्धी अभियोगको सामना गराउन सञ्चालन गरेको सैन्य अपरेसनका क्रममा मृत्यु भएको बताइएको छ । भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेलसी रोड्रिगेजले ट्रम्पको चेतावनीप्रति कडा प्रतिक्रिया जनाउँदै आफूलाई धम्की दिनेहरूको भाग्य ‘भगवानद्वारा निर्धारित हुने’ बताए ।

भेनेजुएलाका महान्यायाधिवक्ता तारिक विलियम साबले उक्त सैन्य कारबाहीमा दर्जनौँ सुरक्षा अधिकारी र सर्वसाधारणको ज्यान गएको र यसलाई अभियोजकहरूले ‘युद्ध अपराध’ का रूपमा अनुसन्धान गरिरहेको जानकारी दिए । यसबीच क्युबाको सरकारले भेनेजुएलामा कार्यरत आफ्ना ३२ जना सेना र प्रहरी अधिकारीहरूको मृत्यु भएको पुष्टि गरेको छ ।

पेन्टागनका अनुसार उक्त छापामा सात जना अमेरिकी सैनिक घाइते भएका थिए, जसमध्ये पाँच जना ड्युटीमा फर्किसकेका छन् भने दुई जना उपचाररत छन् । घाइतेहरूमा गोली र विस्फोटका छर्राले लागेको चोट रहेको जनाइएको छ ।

तेल कारोबार हाल प्रतिब्यारेल करिब ५६ डलर रहेको अवस्थामा ट्रम्पले घोषणा गरेको सम्झौताको कुल मूल्य करिब दुई अर्ब ८० करोड डलर पुग्न सक्ने अनुमान गरिएको छ । यद्यपि भेनेजुएलामा विश्वकै सबैभन्दा ठूलो प्रमाणित कच्चा तेल भण्डार भए पनि देशको दैनिक उत्पादन करिब १० लाख ब्यारेलमा सीमित छ, जुन अमेरिकी उत्पादनको तुलनामा निकै कम हो ।

यसैबीच, ट्रम्पले भेनेजुएलामाथि गरिएको सैन्य अपरेसनको डेमोक्रेटिक आलोचनाको प्रतिवाद गर्दै यसलाई सही कदमको संज्ञा दिएका छन । सन् २०२० मा मदुरोमाथि संयुक्त राज्य अमेरिकाले नार्को–आतङ्कवाद र अन्तर्राष्ट्रिय कोकेन तस्करीको अभियोग लगाएको थियो र उनको गिरफ्तारीका लागि पाँच करोड डलर पुरस्कार घोषणा गरिएको छ ।

अमेरिकामा गरिएको पछिल्लो जनमत सर्वेक्षणअनुसार मदुरोको गिरफ्तारीबारे अमेरिकीहरू विभाजित देखिएका छन् । करिब ४० प्रतिशतले अपरेसनको समर्थन गरेका छन् भने लगभग उस्तै प्रतिशतले विरोध जनाएका छन् । धेरैजसो अमेरिकीहरूले भने भेनेजुएलाका जनताले आफ्नो भविष्य आफैँ तय गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

मदुरोको गिरफ्तारीपछि ट्रम्प प्रशासनको कडा विदेश नीतिले विश्वभर चिन्ता बढाएको छ । यसै क्रममा ग्रिनल्यान्डको सार्वभौमसत्ता र कोलम्बियामाथि सम्भावित सैन्य कारबाहीबारे पनि अन्तर्राष्ट्रिय प्रतिक्रिया तीव्र बन्दै गएको छ । युरोपका प्रमुख मुलुकहरूले ग्रिनल्यान्ड डेनमार्ककै स्वशासित क्षेत्र भएको स्पष्ट गर्दै त्यहाँका जनताकै अधिकार सर्वोपरि हुने बताएका छन् ।

Post navigation

Previous: फिलिपिन्समा ६.७ म्याग्निच्युडको भूकम्प
Next: नेप्से परिसूचक १३ अंकले घट्यो, कारोबार रकम पनि ओरालो

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.