Skip to content
September 19, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

खेलकुद मन्त्रीलाई अमेरिका बोलाउने एउटा एनआरएनए, छैन भनेर विज्ञप्ति निकाल्ने अर्को

Kamal Tamang January 9, 2026 1 minute read
1
Share On:


काठमाडौं ।  एउटा गैरआवासीय नेपाली संघ (एनआरएनए–अमेरिका) को निम्तोमा अमेरिका जान लागेका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अर्कोले ‘निम्तो नगरेको’ भन्दै विज्ञप्ति निकालेपछि विवाद उत्पन्न भएको छ। विकास उप्रेती अध्यक्ष रहेको एनआरएनए–अमेरिकाको निमन्त्रणामा मन्त्री गुप्ता आगामी माघ ३ गते अमेरिका जाने तयारीमा छन्।

तर अर्को एनआरएनए–अमेरिकाको नामबाट मन्त्री गुप्तालाई अमेरिका बोलाउने कुनै कार्यक्रम नरहेको भनेर बिहीबार विज्ञप्ति आएपछि यो विषय थप विवादित बनेको हो।

मन्त्री गुप्तालाई अमेरिका बोलाउने र उनलाई बोलाइएको छैन भनेर विज्ञप्ति निकाल्ने एनआरएनए–अमेरिका फरक फरक हुन्। सतेन्द्र शाह अध्यक्ष रहेको एनआरएनए–अमेरिकाले मन्त्री गुप्तालाई बोलाएको छैन भनेर विज्ञप्ति निकालेको हो। त्यसमा सन्देश उप्रेती प्रवक्ता छन्।

मन्त्री गुप्तालाई निम्तो दिने विकास उप्रेती नेतृत्वको एनआरएनए–अमेरिका हो। यसको युवा विभागले कार्यक्रम आयोजना गर्न लागेको उप्रेतीले जानकारी दिए।

‘यो कार्यक्रम हाम्रो युवा विभागले टेक्सासको डलासमा आयोजना गर्न लागेको हो,’ उप्रेतीले भने, ‘जेनजी आन्दोलनपछि युवाहरूको भूमिकाबारे युवा सम्मेलन गर्न लागिएको हो।’सतेन्द्र शाह नेतृत्वको एनआरएनएले बिहीबार विज्ञप्ति निकालेपछि हामीले मन्त्री गुप्तालाई बोलाइएको हो कि होइन भनेर विकास उप्रेतीसँग पुनः पुष्टि गर्यौं।

‘यत्रो आन्दोलनपछि बनेको नागरिक सरकारमा युवा मन्त्री हुनुहुन्छ। युवासम्बन्धी कार्यक्रम भएकाले उहाँलाई बोलाउन उचित ठानेका हौं। हाम्रो तर्फबाट उहाँलाई निमन्त्रणा यथावत नै छ,’ उनले भने।

गत मंसिर १४ गते एनआरएनएबीच एकता भएको थियो। त्यसअघि बद्री केसी र महेश श्रेष्ठ नेतृत्वमा दुइटा एनआरएनए थियो।मंसिरमा एकता भए पनि सबै देशको कार्यसमिति ‘मर्ज’ भइसकेको छैन।एनआरएनए–अमेरिकाको एउटा समूहको अध्यक्षमा सतेन्द्र शाह र अर्को समूहका अध्यक्ष विकास उप्रेती छन्।उप्रेती बद्री केसी र शाह महेश श्रेष्ठ पक्षका एनआरएनए अमेरिकाका अध्यक्ष हुन्।

केसी र श्रेष्ठ नेतृत्वको एनआरएनए–अमेरिका एकता हुँदै गर्दा दुवै कार्यसमितिलाई एकता गरेर स्टेरिङ कमिटी बनाउने भनिएको थियो।स्टेरिङ कमिटी बन्ने क्रममै रहेकाले अहिले दुवै कार्यसमिति सक्रिय छन्। खेलकुद मन्त्रीलाई बोलाउने निर्णय एउटा समिति र बोलाइएको छैन भनेर खण्डन गर्ने अर्को समिति रहेको खुलेको हो।

Post navigation

Previous: खोला मापदण्ड खारेजी तथा गैर–न्यायिक सडक विस्तार विरूद्ध माइतीघरमा विरोध प्रदर्शन
Next: वर्तमान सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै दलतिर ढल्कने छुट छैन : गृहमन्त्री ओमप्रकाश अर्याल

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.