काठमाडौं । गत वर्ष विश्वकै पहिलो ‘ट्रान्स्फर्मर एसयूभी’ दिपल ई०७ लाई नेपाली अटोबजारमा सार्वजनिक गरेर नयाँ मापदण्ड स्थापित गरेको एमएडब्लू वृद्धिले यसको नयाँ संस्करण ‘ट्रान्स्फर्मर एक्स’ सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
ई०७ ले एउटा बटन थिच्नेबित्तिकै प्रिमियम एसयूभीबाट पिकअपमा रूपान्तरण हुने अद्भुत क्षमता मार्फत एसयूभीको परिभाषा नै बदलिदिएको थियो । अब ट्रान्स्फर्मर एक्स यसै नवप्रवर्तनलाई अझ उचाइमा पुर्याउँदै लक्जरी, स्मार्ट कम्फर्ट र क्षमताको नयाँ स्तर स्थापित गर्न तयार छ ।
नयाँ ई०७ मा ‘एडभान्स्ड एयर सस्पेन्सन सिस्टम’ छ जसले म्याजिक कार्पेटको अनुभव दिलाउँछ । यस अत्याधुनिक प्रविधिमा अन्टिनियस ड्याम्पिंग कन्ट्रोल (सीडीएस), अधिकतम २ सय २३ मिलिमिटरसम्म समायोजन गर्न सकिने ग्राउन्ड क्लियरेन्स साथै सहज राजमार्ग र कठिन भूभाग दुवैका लागि छुट्टाछुट्टै ड्राइभिङ मोड उपलब्ध छन्, जसले नेपालका विविध सडक अवस्थामा उत्कृष्ट यात्रा कम्फर्ट र स्थिर ह्यान्डलिङ सुनिश्चित गर्छ ।
यसमा चार यात्रुका लागि मसाज, हिटेड, भेन्टिलेटेड र वेलकमिङ सिट छ जसले हरेक यात्रालाई फर्स्ट क्लास अनुभवमा परिणत गर्छ । प्रिमियम नाप्पा लेदर सिट, मेमोरी सहित १४ वे पावर एडजस्टेबल फ्रन्ट सिट र लामो यात्राका लागि विशेष जिरो ग्राभिटी रिल्याक्सेसन मोडले लक्जरी अनुभवलाई नयाँ उचाइमा पुर्याउने छ ।
