Skip to content
September 19, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Kamal Tamang January 12, 2026
1
Share On:

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडको प्रारम्भीक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि कम्पनीले पुस १३ गतेदेखि आईपीओ खुला गरेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ । यसमध्ये प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ८५ हजार कित्ता साधारण शेयर ९११ करोड ८५ लाख रुपैयाँ बराबर० आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ ।

सो आईपीओमा गोरखा जिल्लाको अजिरकोट गाउँपालिकाका सबै वडाका बासिन्दा तथा लमजुङ जिल्लाको दूधपोखरी गाउँपालिकाको वडा नं. १, २ र ३ तथा दोर्दी गाउँपालिकाको वडा नं। ४, ५ र ६ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । रिज लाइन इनर्जी लिमिटेडले सञ्चालन गरेको ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको छ । आयोजनाको प्रतिमेगावाट लागत २३ करोड १६ लाख रुपैयाँ रहेको छ ।

सो आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि ३० वर्ष ११ महिना बाँकी रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७ वर्ष ४ महिना तथा डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १० वर्ष ९ महिना रहेको छ । उक्त जलविद्युत आयोजना २०८० माघ ८ गतेदेखि व्यवसायिक रूपमा सञ्चालनमा आएको हो र उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान गरी बिक्री भइरहेको कम्पनीले जनाएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले रिज लाइन इनर्जीको आयोजना कार्यालय, गोरखा, प्रभु क्यापिटल लिमिटेड, कमलादी, प्रभु बैंकको छेपेटार र पालुङटार शाखाबाट आवेदन दिन सक्नेछन् । साथै, प्रभु क्यापिटलले निर्माण गरेको अनलाइन आवेदन प्रणाली मार्फत पनि आवेदन दिन सकिनेछ ।

Post navigation

Previous: रिमा विश्वकर्मा रास्वपामै रहिन्: समानुपातिक सूचीमा नाम यथावत, उज्यालो पार्टीका क–कसले लिए समानुपातिकबाट नाम फिर्ता ?
Next: विशेष महाधिवेशनः आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.