Skip to content
September 20, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

हिमालयन बैंकबाट ६ जना संस्थापक बाहिरिँदै, शेयर बिक्रीमा

Kamal Tamang January 12, 2026
1
Share On:

काठमाडौं । हिमालयन बैंक लिमिटेडका ६ जना संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा राखेका छन् । बैंकले विभिन्न मूल्य तोकी संस्थापक शेयर बिक्री प्रक्रिया अघि बढाएको हो ।

बैंकका अनुसार नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन २०८१ को निर्देशन नम्बर १० बमोजिम संस्थापक शेयर खरिदका लागि पहिलो प्राथमिकता हालका संस्थापक शेयरधनीलाई दिइनेछ । इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको कानुन विभाग काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

तोकिएको अवधिभित्र हालका संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदन प्राप्त नभएमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई संस्थापक शेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

सूचना अनुसार शेयर बिक्री गर्न चाहने संस्थापक शेयरधनीहरूमा जीत कुमार श्रेष्ठ, घनमान बज्राचार्य, जयन्तकुमार अग्रवाल, हरि प्रसाद प्रसाईँ, महेन्द्र नाथ कर्माचार्य र तुलसी राम नेपाल रहेका छन् । उनीहरूले बिक्रीमा राखेको शेयर सङ्ख्या फरक(फरक रहेको छ ।

Post navigation

Previous: ४ हजार १ सयले सुनको मूल्य बढ्दा चाँदीको मूल्य कति पुग्यो ?
Next: बैतडीको साँडीघाँटीमा जिप दुर्घटनाः तीन जनाको मृत्यु

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.