Skip to content
September 20, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

हिमाचलमा ग्यास सिलिन्डर विस्फोटः ९ जना नेपालीको मृत्यु

Kamal Tamang January 13, 2026
1
Share On:


काठमाडौं । भारतको हिमाचलमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ।हिमाचलको सोलन जिल्लास्थित अर्कीमा ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीमा परी ९ जना नेपालीको मृत्यु भएको हो।

मृतकहरू सबै सल्यानको सिद्धकुमार गाउँपालिका–२ का हुन्। गाउँपालिका अध्यक्ष भरत गिरिले घटनाको पुष्टि गरेका छन्। वडाध्यक्ष मेघराज बुढाथोकीले विज्ञप्ती नै जारी गरी दुई परिवारका ९ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।

मृतकहरू स्थानीय धनबहादुर र काशीराम विकका परिवार छन्। ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीय कविता विक, छोरी १६ वर्षीय राधा विक, १० वर्षीय रेणुका विक र राजन विकको मृत्यु भएको हो।

त्यस्तै ४७ वर्षीय काशिरामको परिवारमा उनकी श्रीमती ३२ वर्षीय टीका विक, छोरी १२ वर्षीय अनु विक र छोरा ७ वर्षीय किरण विकको मृत्यु भएको हो।
ढारचौर प्रहरी चौकीका प्रमुख असई खगेन्द्रबहादु शाहीले पनि आगलागीमा परी उनीहरूको मृत्यु भएको भन्ने जानकारी प्रहरी चौकीलाई प्राप्त भएको बताए।

वडाका २ परिवारका ९ सदस्यको मृत्यु भएपछि मंगलबार वडाभरि शोक विदा दिइएको छ। वडासचिव कृष्ण चलाउनेका अनुसार दुवै परिवार हिमाचलमा काम गर्थे। हिमाचलमै रहेका काशीरामको भाइले घटनाबारे गाउँमा जानकारी दिएका थिए।

भारतीय सञ्चारमाध्यमहरूले सोमबार बिहान करिब साढे २ बजेतिर ग्यास सिलिण्डर विस्फोट भएर एउटा घरमा आगलागी भएको जनाएका छन्। फेन्सी पसल समेत रहेको उक्त घरमा आगालागी भएपछि छेउछाउका घरहरूमा समेत सल्किएको थियो।

वेबइन्डियाका अनुसार १५ वटा भन्दा बढी पसलमा आगलागीबाट क्षति पुगेका छन्।उक्त समाचारमा ९ जना नेपाली‍हरू ‍आगलागी भएपछि ‍घरभित्रै अड्किएका थिए भनेर उल्लेख गरिएको। पछि निसास्सिएर उनीहरुको मृत्यु भएको हुनसक्ने भनिएको छ।

Post navigation

Previous:  अस्वस्थकर बन्यो काठमाडौँ उपत्यकाको वायु, विश्वकै प्रदुषित शहरको सूचीमा ७ औं नम्बरमा काठमाडौं
Next: सुनचाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ? 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.