काठमाडौं । पुर्व प्रहरी महानिरीक्षक तथा समुन्नत नेपाल पार्टीका सभापति सर्वेन्द्र खनाल जनतामाझ प्रत्यक्ष संवाद गर्दै निरन्तर रूपमा विभिन्न क्षेत्रमा सक्रिय देखिएका छन् । सोही क्रममा सभापति खनाल बारा जिल्लाको परवानीपुर गाउँपालिकाका विभिन्न वडाहरूमा जनसम्पर्क तथा भेटघाट कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
स्थानीय बासिन्दाहरूसँग प्रत्यक्ष छलफल गर्दै सभापति खनालले मुलुकमा सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र समग्र विकासका विषयमा पार्टीको धारणा राखे । जनताको वास्तविक समस्या सुन्ने र त्यसको समाधानका लागि राजनीति जिम्मेवार हुनुपर्ने उनको भनाइृ छ ।
परवानीपुर गाउँपालिकाका स्थानीयहरूले शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ तथा रोजगारीका विषयमा आफ्ना गुनासो तथा सुझावहरू राखेका थिए। सो अवसरमा सभापति खनालले जनताको आवाजलाई नीति निर्माणसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
समुन्नत नेपाल पार्टीले देशभर जनआधारित राजनीति गर्दै वैकल्पिक शक्तिको रूपमा आफूलाई स्थापित गर्ने लक्ष्य लिएको र त्यसकै निरन्तरताका रूपमा यस्ता जनसम्पर्क कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउँदै लैजाने सभापति खनाले बताए ।
