काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज राजीनामा दिने भएका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनमा झापा ५ बाट उम्मेदवार बन्न लागेका शाहले आज राजीनामा दिन लागेको उनी निकट स्रोतले जनाएको छ ।
स्रोतका अनुसार दिउँसो २ बजेअघि उनले राजीनामा दिएर रास्वपाको केन्द्रीय कार्यालय घण्टीघरमा प्रवेश गर्ने तयारी गरेका छन् । आज बस्ने पार्टी केन्द्रीय समिति बैठकमा सहभागी भएर उनी बोली सभापति रवि लामिछानेसहित जनकपुर जाने कार्यक्रम छ ।
