काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आज कसैले पनि आफूलाई भेटन नआउन आग्रह गरेका छन्। उनले आज सोनाम ल्होसार धमधामसँग मनाउने भन्दै यस्तो आग्रह गरेका हुन्। उनले कलसमेत नगर्न आग्रह गरेका छन्।
उनले भनेका छन्,‘आज माघ ५ गते सोनाम ल्होसार मनाईन्छ धुमधामसँग। कसैले भेट्न नआउनु होला र फोन पनि नगर्नु होला। धन्यवाद।’तामाङ समुदायले सोनाम ल्होछारको अवसरमा आज विभिन्न कार्यक्रम गरि मनाउँदै छन्।
