Skip to content
October 29, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

कामना सेवा विकास बैंकले ६ महिनामा कमायो ३९ करोड नाफा

Kamal Tamang January 19, 2026
1
Share On:

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ३९ करोड ४५ लाख ५१ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा ३२ करोड २४ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफा २२.३४ प्रतिशतले बढेको हो ।

बैंकको खुद ब्याज आम्दानीमा वृद्धि हुनुका साथै खर्च नियन्त्रण भएकाले नाफामा उल्लेख्य वृद्धि भएको हो । दोस्रो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब २१ करोड १५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ८ करोड ९६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

खुद ब्याज आम्दानीसँगै अन्य आम्दानी पनि बढ्दा बैंकको कुल सञ्चालन आम्दानी बढेर १ अर्ब ४२ करोड ९७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यही अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १ अर्ब २९ करोड १ लाख रुपैयाँ थियो ।

बैंकले कर्जा नोक्सानी व्यवस्थाका लागि २१८ करोड ७१ लाख रुपैयाँ छुट्याएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कर्जा नोक्सानी व्यवस्थाका लागि १९ करोड ६४ लाख रुपैयाँ छुट्याइएको थियो ।

आम्दानी बढेको र कर्जा नोक्सानी व्यवस्था केही घट्दा बैंकको सञ्चालन नाफा ४६ करोड ९१ लाख ६० हजार रुपैयाँबाट बढेर ५६ करोड ७२ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा बैंकको निक्षेप ६२ अर्ब ८३ करोड ४३ लाख रुपैयाँबाट बढेर ६३ अर्ब ६२ करोड ४३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै ग्राहकको कर्जा ५० अर्ब ७ करोड ७५ लाख रुपैयाँबाट बढेर ५२ अर्ब १० करोड ८२ लाख रुपैयाँ पुगेको हो ।

३९ करोड ४५ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले नियामकीय व्यवस्था अनुसार विभिन्न कोष छुट्याएपछि वितरणयोग्य नाफा २६ करोड २५ लाख रुपैयाँ छ ।

३ अर्ब ८६ करोड १९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको सञ्चित नाफा २९ करोड ५७ लाख ६७ हजार रुपैयाँ छ । त्यस्तै जगेडा कोषमा १ अर्ब ९४ करोड ६८ लाख रुपैयाँ छ ।

नाफा बढ्दा बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ४३ पैसा पुगेको छ । त्यस्तै मूल्य आम्दानी अनुपात २२.१७ गुणा पुग्दा प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ७ पैसा पुगेको छ । यस्तै बैंकको प्राथमिक पुँजीकोष अनुपात १०.०२ प्रतिशत, निष्क्रिय कर्जा ४.१० प्रतिशत र आधार दर ६.१७ प्रतिशत छ ।

Post navigation

Previous: आशिका तामाङलाई रास्वपाले दियो टिकट
Next: मिनेसोटा चर्च घटनाप्रति ट्रम्पको कडा प्रतिक्रियापछि छानबिन शुरू

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.