Skip to content
October 29, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

 हुम्लामा भारी हिमपातः जौँ, गहुँ, उवा समेतका बाली राम्रो हुनेपछि किसान रमाए

Kamal Tamang January 29, 2026
1
Share On:


काठमाडौं । हुम्लामा भारी हिमपात हुँदा जनजीवन अस्तव्यस्त भएको छ । सदरमुकाम सिमिकोटदेखि उत्तरी भेग नाम्खा गाउँ सहित अन्यत्र जाने बाटो अवरुद्ध भएको छ ।

दुई दिनको हिमपातले गर्दा नेपालगञ्ज र सुर्खेतबाट सिमकोटको हवाई उडानसमेत बन्द भएको छ । यही माघ १४ गते भारी हिमपातका बावजुद पनि सदरमुकामका कार्यालयमा आगो बालेर सेवाग्राहीलाई सेवा दिइएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र सरकारी कार्यालयका कर्मचारीले सिमकोट विमानस्थलमा रहेको हिउँ सफा गर्ने कार्य तीव्र बनाएका छन् । दक्षिणी भेगतिर पानी आएर आवतजावत बन्द भएको छ ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्ला जिल्लामा मनोनयन दर्ता गरेका सातवटै दलका उम्मेदवारहरुले हिमपात हुँदाहुँदै पनि गाउँ –गाउँमा प्रचारप्रसार गर्ने कार्य भइरहेको बताएका छन् । हिमपात भएपछि स्थानीय बासिन्दाले खुसी व्यक्त गरेका छन् । हिमपातले गर्दा मङ्सिरमा लगाएका जौँ, गहुँ, उवा समेतका बालीलाई राम्रो भएको स्थानीय बासिन्दा बताउँछन् ।

Post navigation

Previous: हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध
Next: ओएन बायोटेकले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.