Skip to content
October 29, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

सेयर बजार सूचक घटे पनि कारोबार रकमले छाडेन साथ

Kamal Tamang January 29, 2026
nep
Share On:


काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । नेप्सेमा कारोबार भएका १ सय ७० कम्पनीको सेयर मूल्य घटेपछि त्यसको असर समग्र बजार सूचकमा देखिएको हो ।

बुधबार ५ अंकले बढेको नेप्से सूचक बिहीबार १७ अंक घटेको छ । तर, कारोबार रकममा भने बुधबारको तुलनामा सुधार आएको छ । यो साता नेप्सेमा १६ अर्बभन्दा धेरैको कारोबार भएको थियो । बुधबार ११ अर्बको कारोबार भएकोमा बिहीबार बढेर १४ पुगेको नेप्सेले जनाएको छ ।

आगामी २१ फागुनको निर्वाचनका लागि खर्चको जोहो गर्न सेयर मूल्य घटेर पनि सेयर बिक्री गरेको अनुमान लगानीकर्ताहरूको छ । सेयर मूल्य घटे पनि कारोबार रकमका कारण सकारात्मक देखिने लगानीकर्ता बजार प्रवेश गर्ने आशामा छन् ।

बिहीबार कारोबार सुरु हुँदा २७३१.५९ अंकमा रहेको नेप्से १७.५३ अंक घटेर २७१४.०५ बिन्दुमा झरेको छ । बिहीबार नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि १.५६ अंक घटेको छ । यस दिन नेप्सेमा कारोबार भएकामध्ये ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ७० को घटेको छ ।

त्यसैगरी ७ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । बिहीबार हिमालय दोलखा र शिवश्री हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । बिहीबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ ६.५७, विकास बैंक १३१.८१, वित्त ४५.८३, होटल ९८.९४, जीवन बीमा ८४.०८, उत्पादनमूलक २००.७१, लघुवित्त ३०.२७, निर्जीवन बीमा ७६.८३, अन्य २७.४० र व्यापार ६.७१ अंक घटेका छन् ।

तर जलविद्युत् १३.७७, लगानी ०.०५, सामूहिक लगानी कोष ०.०७ अंकले बढे पनि त्यसको प्रभाव समग्र बजार सूचकमा पर्न सकेन ।बिहीबार नेप्सेमा ३ सय २० कम्पनीको १ लाख ३८ हजार ८ सय ८३ कारोबारबाट १४ अर्ब ५६ करोड रुपैयाँ बराबर ३ करोड ५४ लाख ७७ हजार कित्ता सेयर खरिद–बिक्री भएको नेप्सेले जनाएको छ । यो कारोबार रकम बुधबारको तुलनामा धेरै हो । बुधबार नेप्सेमा ११ करोड बरारको सेयर किनबेच भएको थियो ।

Post navigation

Previous: ओएन बायोटेकले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल
Next: वाणिज्य बैंकहरुको ३० अर्ब माथि – कस्ले कति कमाए ?

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.