काठमाडौं । बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण काठमाडौँलगायत देशका विभिन्न विमानस्थलमा उडान ठप्प रहेको छ । काठमाडौँ, विराटनगर, राजविराज, नेपालगन्ज, धनगढी, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान सुरु हुन नसकेको बुद्ध एयरले जानकारी दियो ।
मौसममा सुधार आएसँगै उडान अवतरण सुरु गर्ने विमानस्थल स्रोतले जानकारी दिएको छ । उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने बिहान तीन अन्तर्राष्ट्रिय उडान डाइभर्ट भएका छन्।
एयर अरेबिया र फ्लाइङ दुबई लखनउ डाइभर्ट भएका हुन भने जजिरा दिल्ली डाइभर्ट भएको हो।त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल खुला छ भने आन्तरिक खुल्ने क्रममा छ। केही बेरअघि अन्तर्राष्ट्रियतर्फ कतार एयरवेज ल्यान्ड भएको छ ।
