Skip to content
October 29, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

प्रधानमन्त्री कार्कीद्वारा सहिदप्रति श्रद्धाञ्जली, जनउत्तरदायी शासनको आह्वान

Kamal Tamang January 30, 2026
1
Share On:


काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले नागरिक स्वतन्त्रता, लोकतन्त्र र न्यायका लागि जीवन आहुति दिने सम्पूर्ण सहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकी छन्। शुक्रबार एक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको अपेक्षासहित उठेको ‘जेनजी आन्दोलन’मा सहादत प्राप्त गर्ने वीर योद्धाप्रति पनि नमन व्यक्त गरेकी छन्।

‘नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली,’ उनले लेखेकी छन्, ‘न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा उठेको जेनजी आन्दोलनमा सहादत प्राप्त गर्ने वीर योद्धाहरूलाई पनि नमन।’

प्रधानमन्त्री कार्कीका अनुसार ती सहिदहरूको साहस, चेतना र संकल्पकै कारण आज देश परिवर्तनको एक ऐतिहासिक मोडमा उभिएको छ । उनले अब कुनै पनि आमाको काख फेरि रित्तिन नपरोस् भन्ने कामना गर्दै शान्तिपूर्ण, न्यायपूर्ण र समावेशी समाज निर्माणतर्फ अग्रसर हुन सबैलाई आग्रह गरेकी छन्।

‘उहाँहरूको साहस, चेतना र संकल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको छ। अब कुनै आमाको काख फेरि रित्तिन नपरोस्,’ उनले भनिन् ।

उनले शासकीय मूल्य, नैतिकता र नागरिकको सम्मानमा आधारित राज्य निर्माण गर्नु प्रत्येक शासकको मूल दायित्व भएको उल्लेख गर्दै ती मूल्यहरू सदा स्मरणमा राखेर शासन सञ्चालन गर्नुपर्नेमा जोड दिएकी छन्।

Post navigation

Previous: वाणिज्य बैंकहरुको ३० अर्ब माथि – कस्ले कति कमाए ?
Next: शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जली सभा

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.