Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

सुदूरपश्चिम भ्रमणमा बालेन साहः  कैलालीमा पुग्दा को हुन् उनी जस्तै देखिने व्यक्ति ?

Kamal Tamang January 30, 2026
balen
Share On:


काठमाडौं । सुदूरपश्चिम भ्रमणमा रहेका काठमाडौंका पुर्व मेयर एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको हुलियामा देखिएका एक व्यक्तिको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

१३ माघमा कैलाली पुगेका शाहले अहिलेसम्म कतै सार्वजनिक रुपमा कुराकानी गरेका छैनन् । उनी रास्वपाका नेता, कार्यकर्ता र समर्थकलाई प्रायस् गाडीभित्रैबाट हात हल्लाएर एकपछि अर्को ठाउँ पुगिरहेका छन् । शाहले तीन दिनमा सुदूरपश्चिमका सबै जिल्लाका मुख्य मुख्य ठाउँको घुमघाम र भेटघाट सकेका छैन ।

शाह डोटीमा रहेका बेला बिहीबार सामाजिक सञ्जालमा बालेनको हुलियामा देखिएका एक व्यक्तिले उनकै शैलीमा कारको रुफटपबाट आधा शरीर निकालेर घण्टी बजाउँदै हात हल्लाएको भिडियो सार्वजनिक भयो । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उक्त भिडियोमा देखिएका व्यक्तिलाई डमी बालेनको संज्ञा दिइरहेका छन् ।

उक्त भिडियो पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको लम्की बजारको भएको खुलेको छ । गाडीबाट बालेनकै हुलियामा देखिएर हात हल्लाउने व्यक्ति टीकापुरका स्थानीय गोपाल कोइराला भएको खुलेको छ ।

अनुहारमा बालेनकै जस्तो दारी, कालो टोपी, चस्मा र शरीरमा कालै लुगा लगाएका उनलाई धेरैले बालेन सम्झिए । तर उनी पुग्नुभन्दा केही मिनेट अघि मात्र प्रहरीको स्कटिङसहित बालेन लम्की बजारबाट अघि बढिसकेका थिए । बालेन केही सेकेन्ड त्यहाँ रोकिए । त्यसपछि उनकै हुलियाका व्यक्ति गाडीबाट हात हल्लाउन थालेको देखिएपछि अलमलमा परेका थिए ।

डेढ महिनाअघि मात्र अनलाइनबाट रास्वपाको सदस्यता लिएको बताउने कोइराला आफू बालेनको समर्थक भएकाले विगतदेखि उनको जस्तै भेषभूषामा देखिँदै आएको दाबी गरेका छन् । कोइरालाले बालेन आउने भएपछि उनको स्वागत र भेटघाटका लागि उस्तै हुलियामा लम्की पुगेको तर आफूले बालेनलाई भेट्न नपाएको दाबी गरेका छन् ।

‘अस्ति बालेन आउने दिनमा स्वागतका लागि म पनि गाडीमा गएको थिएँ । बालेन मनपर्ने भएकाले विगतदेखि उनको जस्तै भेषभूषा बनाएर हिँडिरहेका हुन्थेँ,’ कोइरालाले भने, ‘अस्ति लम्कीमा उनलाई भेटन पुगेको थिएँ । त्यही बेला पत्रकार साथीहरुले भिडियो खिच्नुभएको रहेछ । डमी बालेन भनेर अहिले कन्ट्रोभर्सी फैलाइएको रहेछ ।’

आफू पुग्नुभन्दा अगाडि नै बालेन हिँडिसकेको दाबी गर्दै उनले भेटघाट गर्न नपाएको बताए । ‘मिडियामा आएजस्तो बालेनलाई थाहा दिएर गाडीबाट घण्टी बजाएको होइन । साथीहरुले घण्टी बजाउँदै जाउँ कस्तो देखिन्छौ भनेपछि त्यस्तो गरेको थिएँ,’ उनी भन्छन्, ‘नियतबस र सुनियोजित रुपमा त्यस्तो गरेको होइन ।’

कोइरालाको यो भिडियो आएपछि शाहले सुदूरपश्चिमका पहाडी जिल्लामा समेत डमी बालेन हिँडाएको आशंका गरिन थालेको छ । तर रास्वपा सुदूरपश्चिमले भने यसबारे थाहा नभएको दाबी गरेको छ । प्रदेश सभापति प्रकाश विष्टले यो विषयमा कुनै जानकारी नभएको बताएका छन् ।

१३ माघदेखि सुदूरपश्चिममा रहेका बालेन भने शुक्रबार अछाम पुगेका छन् । ठाउँ ठाउँमा रास्वपाका कार्यकर्ता र समर्थकलाई भेटघाट गरेर हिँड्ने बाहेक उनले कतैपनि सार्वजनिक रुपमा अभिव्यक्ति दिएका छैनन् ।

Post navigation

Previous: अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगतिः राजस्वमा डेढ खर्बको खाडल, घट्यो पुँजीगत खर्च 
Next: सूर्यकुण्ड हाईड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.