Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

अब खल्तीबाटै नेपाल टेलिकमको ई–सिम लिन सकिने

Kamal Tamang February 1, 2026 1 minute read
1
Share On:

काठमाडौं । अब डिजिटल वालेट खल्ती मार्फत सहजै नेपाल टेलिकमको ई-सिम लिन सकिने भएको छ । खल्तीले नेपाल टेलिकमसँगको सहकार्यमा प्रयोगकर्ताको सहजताका लागि यो नयाँ सेवा सञ्चालनमा ल्याएको हो ।

नयाँ ई-सिम लिनका लागि सबैभन्दा पहिला आफ्नो मोबाइल फोनले ई-सिम सपोर्ट गर्छ वा गर्दैन भन्ने कुरा निश्चित गर्नुपर्ने हुन्छ । त्यसका लागि फोनमा *#06# डायल गर्नुहोस् । यदि त्यहाँ आईएमईआई (IMEI) नम्बरसँगै ईआईडी (EID) नम्बर पनि देखिन्छ भने तपाईंको फोनमा ई-सिम चल्छ भन्ने बुझिन्छ ।

ध्यान दिनुपर्ने कुरा के छ भने खल्तीमार्फत हाललाई पुरानो सिमलाई ई-सिममा परिवर्तन गर्न मिल्दैन, केवल नयाँ ई-सिम मात्र लिन सकिन्छ । साथै, खल्ती अकाउन्ट जुन व्यक्तिको नामबाट प्रमाणित गरिएको छ, सिम पनि उसैको नाममा मात्र प्राप्त हुनेछ र एक पटक खरिद गरिसकेपछि रकम फिर्ता हुँदैन ।

ई-सिम खरिद गर्नका लागि सबैभन्दा पहिला खल्ती एप खोल्नुहोस् र होमपेजबाट स्क्रोल गर्दै ‘NTC E-SIM’ को अप्सन छान्नुहोस् । त्यसपछि त्यहाँ मागिए अनुसार आफ्नो नाम, बुबा, आमा र बाजेको नाम, जन्ममिति तथा आवश्यक कागजातका विवरण भर्नुहोस् ।

सबै विवरणहरू भरिसकेपछि एक पटक पुनः जाँच गर्नुहोस् र अन्तिममा रहेको ‘Purchase’ बटनमा ट्याप गर्नुहोस् । यति गरेपछि खल्तीले नेपाल टेलिकमसँगको समन्वयमा तपाईंको विवरणको प्रमाणीकरण गर्छ ।

विवरणहरू प्रमाणित भइसकेपछि प्रयोगकर्ताले उपलब्ध गराएको ईमेलमा ई-सिमको क्यूआर कोड पाउने कम्पनीले उल्लेख गरेको छ । उक्त कोडलाई आफ्नो मोबाइलबाट स्क्यान गरेपछि ई-सिम एक्टिभ हुनेछ ।

Post navigation

Previous: आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा अध्यक्षको ढकालको जोड
Next: बालेनको चुनावी प्रचारमा हिँडेका पत्रकार सिटौलाको निधन

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.