Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

नेप्से परिसूचक १९ अङ्कले घट्यो, कति भयो कारोबार ?

Kamal Tamang February 1, 2026
nep
Share On:


काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ८५ अङ्कले घटेर दुई हजार ६९४ दशमलव २० को बिन्दुमा कायम भएको हो ।

आज ३२९ कम्पनीको दुई करोड २० लाख ६० हजार ४५४ कित्ता शेयर एक लाख १० हजार ७२८ पटक खरिदबिक्री हुँदा नौ अर्ब १० करोड ९४ लाख ५७ हजार २७८ दशमलव ४५ को कारोबार भएको नेप्सेले जनाएको छ । आज व्यापार समूह शून्य दशमलव ५५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ४२, विकास बैंक शून्य दशमलव ७५, वित्त शून्य दशमलव ४४, होटल तथा पर्यटन एक दशमलव ७५, जलविद्युत् एक दशमलव ३६ र लगानी समूह शून्य दशमलव ९६ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बिमा शून्य दशमलव ५२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७६, लघुवित्त शून्य दशमलव ५७, म्यूचुअल फण्ड शून्य दशमलव ५०, निर्जीवन बिमा शून्य दशमलव ६३ र अन्य समूह शून्य दशमलव ९२ प्रतिशतले घटेको छ ।

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी नौ दशमलव ७० प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको ५५ करोड ५२ लाख ४० हजार ७६१ बराबरको १७ लाख ४६ हजार ९२४ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

Post navigation

Previous: पतञ्जलि जग्गा हिनामिना प्रकरणः माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
Next:  इरानमा भएका नेपालीलाई स्वदेश फर्किन परराष्ट्र मन्त्रालयको आग्रह

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.