Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

बालेनको प्रचारमा सादा पोशाकका प्रहरी थिए भन्ने उजुरी परेपछि अनुसन्धान हुँदै

Kamal Tamang February 3, 2026
1
Share On:


काठमाडौं ।  झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका बालेन्द्र (बालेन) शाहको पक्षमा सादा पोशाकका प्रहरीले समेत मत मागेको भन्ने उजुरी परेपछि निर्वाचन आयोगले अनुसन्धान गर्न निर्देशन दिएको छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार रहेका बालेनकी श्रीमती सविना काफ्लेले केही दिनअघि झापा–५ का मतदाताको घरदैलो गरेकी थिइन् । उनीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको टोलीले मतदाताहरूसँग बालेनका लागि मत मागेका थिए ।

सो टोलीमा सादा पोशाकामा प्रहरीसमेत खटिएको र उनीहरूले पनि मत मागेको उजुरी आयोगमा परेको हो । उजुरी कर्ताले आयोगमा सविना र टोलीका अन्य सदस्यले मत माग्दै गरेको श्रव्यदृष्य सामग्री आयोगमा बुझाएका छन् ।

निर्वाचन आयोगका अनुसार ‘सादा पोशाकका प्रहरी बालेनलाई भोट माग्दै भन्ने बेहोराको श्रव्यदृश्य सामग्री’ प्राप्त भएको छ । यसपछि आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई पत्र लेखेर बालेनको श्रीमती सविनासँग सादा पोशाकका प्रहरी खटिए–नखटिएकोबारे सत्यतथ्य जाँचबुझ गरी प्रतिवेदन तयार गर्न निर्देशन दिएको छ ।

Post navigation

Previous: निपाह भाइरसबारे बोल्यो स्वास्थ्य मन्त्रालय, आतंकित नहुन र सजग रहन अनुरोध
Next: एकैदिन तोलामा १४ हजार ४०० रूपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.