Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

अरब सागरमा अमेरिकाले खसाल्यो उडिरहेको इरानी ड्रोन

Kamal Tamang February 4, 2026 1 minute read
1
Share On:


काठमाडौं ।  अमेरिकी सेनाले अरब सागरमा अमेरिकी विमानवाहक जहाज यूएसएस अब्राहम लिंकन तर्फ आक्रामक रूपमा नजिकिँदै गरेको एउटा इरानी ड्रोनलाई  गोली हानेर खसालेको छ । अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सका अनुसार, मंगलबार जहाजबाट उडेको एफ–३५सी स्टेल्थ लडाकु विमानले आत्मरक्षाका लागि उक्त ड्रोनलाई ध्वस्त पारेको हो ।

घटना हुँदा जहाज इरानको तटबाट करिब ५०० माइल टाढा थियो । ड्रोनको उद्देश्य स्पष्ट नभएको सेनाले बताएको छ । यस घटनामा कुनै अमेरिकी सैनिक घाइते नभएको र जहाजमा क्षति पनि नपुगेको बताइएको छ ।

यो घटना अमेरिका र इरानबिच तनाव बढिरहेका बेला भएको हो । अमेरिकाले यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति थप मजबुत बनाइरहेको छ । इरान आफ्नो आणविक कार्यक्रम सीमित गर्ने सम्झौतामा आएन भने सैन्य कारबाही हुन सक्ने चेतावनी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिइसकेका छन् । उनले यसअघि इरानमा सरकारविरोधी प्रदर्शन दमनका रोक्न हस्तक्षेपको गर्ने धम्की  पनि दिएका थिए ।  

ड्रोन खसालिएपछि ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले फक्स न्युजसँग कुरा गर्दै अमेरिका र इरानबिच यसै साता तय भएका वार्ता यथावत् रहेको बताइन् । ट्रम्पले पहिला कूटनीतिलाई प्राथमिकता दिए पनि सैन्य विकल्प सधैँ खुला रहने उनले स्पष्ट पारिन् ।

Post navigation

Previous: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनः सुरक्षाका लागि आजदेखि सेना परिचालन
Next: प्राप्त जिम्मेवारीअनुरूप कार्य सम्पादन गर्न गृह मन्त्रालयको निर्देशन

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.