Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

नेपाल टेलिकम दुरसञ्चार राज्यको डिजिटल मेरुदण्ड हो : गृहमन्त्री अर्याल

Kamal Tamang February 5, 2026
1
Share On:


काठमाडौं ।  गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकमलाई राज्यको डिजिटल मेरुदण्डका रूपमा व्याख्या गरेका छन् । नेपाल टेलिकमको २२ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले नेपाल टेलिकम केवल एक दूरसञ्चार संस्था मात्र नभई राष्ट्रिय एकता, सेवा प्रवाह र आर्थिक क्रियाकलापको महत्वपूर्ण आधार भएको बताए ।

उनले भने, ‘नेपाल टेलिकम केवल एक दुरसञ्चार संस्था मात्र होइन । राज्यको डिजिटल मेरुदण्ड हो । दुर्गम हिमालदेखि तराईका गाउँबस्तीसम्म सञ्चारको पहुँच पुर्याएर यस संस्थाले राष्ट्रिय एकता, सेवा प्रवाह र आर्थिक क्रियाकलाप गर्दै आइरहेको छ । प्राकृतिक विपद्, महामारी वा अन्य आपतकालिन अवस्थाहरुमा नेपाल टेलिकमले खेलेको भूमिका महत्वपूर्ण छ ।’

उनले दुर्गम हिमाली क्षेत्रदेखि तराईका गाउँबस्तीसम्म सञ्चारको पहुँच विस्तार गरेर नेपाल टेलिकमले देशको समग्र विकासमा योगदान दिँदै आएको उल्लेख गरे । प्राकृतिक विपद्, महामारी तथा अन्य आपत्कालीन अवस्थाहरूमा नेपाल टेलिकमले खेलेको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको पनि गृहमन्त्री अर्यालले बताए । गृहमन्त्री अर्यालले आजको युगमा दूरसञ्चार मानव जीवनको आधारभूत आवश्यकतामा रूपान्तरित भइसकेको उल्लेख गर्दै दूरसञ्चार सेवा अत्यावश्यक भइसकेको धारणा राखे । उनले प्रतिस्पर्धी बजार, संस्थागत दायित्व, सेवा गुणस्तर र प्रविधिगत नवप्रवर्तनबीच सन्तुलन कायम गर्दै नेपाल टेलिकमले ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘आज दुरसञ्चार संस्था मानविय जीवनको आधारभूत तत्व बनिसकेको छ । दुरसञ्चार संस्था अतिआवश्यक हुँदै आइसकेको छ । नेपाल टेलकमले प्रतिस्पर्धी बजार, दायित्व, सेवा गुणस्तरिय र प्रविधिगत नवप्रवर्तनलाई समुन्नतमा सन्तुलनमा राख्दै ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्ने छ भन्ने विश्वास लिएको छु । कम्पनीले आफ्नो प्रिय सञ्जाल, प्रचुर पूर्वाधार, उत्कृष्ट र दक्ष मानव पूँजी, प्रर्याप्त बजार सम्भावना, उपलब्ध स्रोतको कुशल व्यवस्थापन एवम् परिचालन गरी प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्नेतर्फ आफूलाई अगाडि बढाउन आग्रह गर्दछु ।’

उनले नेपाल टेलिकमलाई आफ्नो विशाल सञ्जाल, प्रचुर पूर्वाधार, दक्ष मानव पूँजी, पर्याप्त बजार सम्भावना र उपलब्ध स्रोतको कुशल व्यवस्थापन तथा परिचालनमार्फत प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नेतर्फ अग्रसर हुन आग्रह गरे ।

Post navigation

Previous: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईका पिताको अन्तिम दाहसंस्कार
Next: २७ अंकले बढ्यो नेप्से, कारोबार रकम ११ अर्ब नाघ्यो

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.