Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

वरिष्ठ अभिनेता सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली

Kamal Tamang February 8, 2026 1 minute read
1
Share On:


काठमाडौं । वरिष्ठ अभिनेता सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिएको छ।‍उनको शनिबार बिहान ६८ वर्षको उमेरमा निधन भएको थियो। आइतबार दिउँसो साढे १ बजेसम्म उनको शव विकास बार्डमा राखिने बोर्डले जनाएको छ।बोर्डको कार्यालयमा थापाप्रति श्रद्धाञ्जली अर्पण गर्न कलाकाहरूको घुइँचो लागेको छ। 

सरोज खनाल, गौरी मल्ल, रेखा थापा, हरिवंश आचार्यलगायत थुप्रै कलाकाहरू उपस्थित छन्।  सुनिलले दर्जनौं नेपाली फिल्मका साथै बलिउड फिल्म तथा बेव सिरिजहरूमा अभिनय गरेका छन्। ‘चिनो’ फिल्ममा ‘राते काइँला’ को भूमिकाले नेपाली दर्शकमाझ अद्वितीय प्रभाव पारेको थियो। पछिल्लो समय उनी फिल्म ‘एक्लो’ मा देखिएका थिए भने ‘राम नाम सत्य’ को छायांकनमा थिए।

सुनिलको परिवार भारतको मुम्बईमा बस्दै आए पनि उनी काठमाडौंमा एक्लै बस्दै आएका थिए। परिवार काठमाडौं आएपछि शव पोस्टमार्टम गरेर श्रद्धाञ्जलीका लागि बोर्डमा राखिएको हो।उनको निधनमा फिल्मकर्मी, राजनीतिज्ञ, शुभचिन्तकदेखि आम सर्वसाधारणहरूले दुःख व्यक्त गरिरहेका छन्।उनको अन्त्येष्टि पनि आइतबार गरिने जनाइएको छ। यतिबेला उनलाई अन्तिम श्रद्धाञ्जली दिन विकास बोर्डमा फिल्मकर्मीहरूको बाक्लो उपस्थिति छ।

Post navigation

Previous: तरलता व्यवस्थापन गर्न बजारबाट ५० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
Next: हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.