Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

टी–२० विश्वकपमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दै

Kamal Tamang February 8, 2026 1 minute read
2
Share On:

काठमाडौं ।  १०औँ संस्करणको आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ ।

नेपालले तेश्रो पटक टी–२० विश्वकप खेल्दैछ । साथै नेपालले समूह चरणका सबै खेल वानखडेमै खेल्नेछ । रोहितकुमार पौडेलको कप्तानीमा नेपालले दोश्रो पटक विश्वकप खेल्न थालेको हो ।

यस्तै टी–२० विश्वकपमा आजै बिहान ११ बजे अफगानिस्तान र न्युजिल्यान्ड तथा बेलुका सवा ७ बजे श्रीलङ्का र आयरल्यान्ड पनि खेल्दैछन् । हिजो भएका खेलमा पाकिस्तान, वेस्ट इन्डिज र आयोजक टोली भारतले विजयी शुरुआत गरेका छन् ।

पाकिस्तानले नेदरल्यान्ड्सलाई ३ विकेटले, वेस्ट इन्डिजले स्कटल्यान्डलाई ३५ र भारतले अमेरिकालाई २९ रनले हरायो । यो विश्वकपमा सुरक्षा कारण देखाउँदै बङ्गलादेश भारत आउन नमानेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले उसको ठाउँमा स्कटल्यान्डलाई समावेश गरेको छ ।

प्रतियोगितामा २० वटा टोलीलाई ४ वटा समूहमा बाँडिएको छ । प्रतियोगिता आउँदो मार्च ८ तारिखसम्म चल्नेछ । अहिलेसम्म ६ वटा टोली टी–२० विश्वकपको उपाधि जितेका छन् । भारत, इङ्ग्ल्यान्ड र वेस्ट इन्डिज २-२ पटक तथा पाकिस्तान, श्रीलङ्का र अस्ट्रेलिया १/१ पटक विजेता बनेका छन् ।

Post navigation

Previous: बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
Next: आजदेखि देशभर एचपीभी खोप अभियान सञ्चालन गरिँदै

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.