काठमाडौं । मुग्लिङ–काठमाडौं सडकखण्डअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ दसकिलोमा दुईवटा बस ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यू भएको छ ।
दाङबाट काठमाडौं आइरहेको प्रदेश नम्बर ३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौंबाट रसुवागढीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६–ख १५५२ नम्बरको बस र काठमाडौंबाट रसुवातर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५२०६ नम्बरको रिजर्भ बस आज बिहान करिब साढे ७ बजे ठोक्किएका थिए ।
दुर्घटनापछि एउटा बस सडक किनारमा रहेको टिनले छाएको कच्ची पसलमा समेत ठोक्किँदा पसलमा क्षति पुगेको छ । सोही पसलमा चिया पिउन लागेका धादिङ धुनिवेशी नगरपालिका–९ स्याउलेका ३५ वर्षीय सुजन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा पसलका सञ्चालक बाँकेको वैजनाथ गाउँपालिका(१ का ५४ वर्षीय खगेश्वर शर्मा र रसुवा जाँदै गरेको बसमा सवारी ८ वर्षीय सफलता पुलामी मगर घाइते भएको प्रहरीले जनाएको छ ।
जनाएको छ ।
