Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, कति भयो कारोबार ?

Kamal Tamang February 8, 2026
nep
Share On:

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव २५ अङ्कले घटेर दुई हजार ६९८ दशमलव ४४ को बिन्दुमा कायम भएको छ ।

आज ३३० कम्पनीको दुई करोड ६२ लाख ३६ हजार २०४ कित्ता शेयर एक लाख ११ हजार ९७८ पटक खरिदबिक्री हुँदा ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार १४३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज लगानी समूह शून्य दशमलव ०८ र अन्य समूह शून्य दशमलव ४६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव १४, विकास बैंक शून्य दशमलव ९२, वित्त शून्य दशमलव ०१, होटल तथा पर्यटन दुई दशमलव १३, जलविद्युत् शून्य दशमलव ३१, जीवन बीमा शून्य दशमलव ७१ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव १५ प्रतिशतले घटेको छ ।

त्यस्तै, लघुवित्त शून्य दशमलव २१, म्युचुअल फन्ड शून्य दशमलव ६१, निर्जीवन बीमा शून्य दशमलव ३२, र व्यापार एक दशमलव ३० प्रतिशतले घटेको छ ।
सुपर माई हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्य आठ दशमलव ९१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सुपर मार्दी हाइड्रोपावर लिमिटेडको ५६ करोड तीन लाख ४८ हजार १५५ बराबरको खरिदबिक्री भएको छ ।कारोबार भएका शेयर संख्याका आधारमा भने रिडि पावर कम्पनी लिमिटेडको १६ लाख ५८ हजार ७२५ बराबरको किनबेच भएको छ ।

Post navigation

Previous: प्रतिनिधिसभा निर्वाचनः आयोगले नौ प्रकारका सामग्री केन्द्रबाटै पठाउने
Next: सिटिजन्स बैंकद्वारा म्यान–सिटिजन्स एस्पायरिङ म्यानेजर अवार्ड वितरण

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.