Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

वरिष्ठ अभिनेता सुनिल थापाको शव पोस्टमार्टम पछि मात्रै अन्त्येष्टि गरिने

Kamal Tamang February 8, 2026 1 minute read
1
Share On:


काठमाडौं । वरिष्ठ अभिनेता सुनिल थापाको शव पोस्टमार्टम पनि गरिने भएको छ । परिवारले शवलाई अन्त्येष्टि अघि पोस्टमार्टम गर्नुपर्ने बताएपछि उनको शवको पोस्टमार्टम गरिने भएको हो ।

शव पोस्टमार्टमपछि मात्र अन्त्येष्टि गरिने परिवारको इच्छा रहेको कलाकार सङ्घमा अध्यक्ष मोहन निरौलाले बताए । ‘मुम्बईबाट परिवारका सदस्य हिजो (शनिबार) राति  दश बजे आइपुग्नुभयो’, अध्यक्ष निरौलाले भने ‘परिवारले पोस्टमार्टम गर्नुपर्ने भनेकाले आज पहिले पोस्टमार्टम हुनेछ ।’

शनिबार बिहान हृदयाघातका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा थापाको निधन भएको हो । शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । उनले बलिउड र नेपाली गरेर ३ सय बढी फिल्म अभिनय गरेका छन् ।

नेपाली चलचित्रमा ‘खलनायक’को भूमिकालाई पनि नायक सरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ को नामले चर्चित थिए ।  उनले यो परिचय फिल्म ‘चिनो’ अभिनयबाट बनाएका थिए । थापा नेपाल एक्लै बस्दै आएका थिए भने परिवारका अन्य सदस्यहरू भारतको मुम्बई बस्छन् ।

Post navigation

Previous: आजदेखि देशभर एचपीभी खोप अभियान सञ्चालन गरिँदै
Next: नेपाल एसबिआई बैंक र जीआइजेड नेपालबिच सम्झौता

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.