Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

नेप्से करिब स्थिर हुँदा पाँच उपसमूहमा हरियाली

Kamal Tamang February 11, 2026 1 minute read
nep
Share On:

काठमाडौं ।  पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से बुधबार भने झिनो अंकले मात्रै घटेको छ । यस दिन नेप्से परिसूचक ०.०४ अंक घटेर २६६२.०९ विन्दुमा बन्द भएको छ । सेन्सेटिभ इण्डेक्स ०.८१ अंक बढेको छ । त्यस्तै, फ्लोट इण्डेक्स ०.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंकले उकालो लागेको छ ।

नेप्से करिब स्थिर रहे पनि कारोबार रकममा भने सामान्य वृद्धि देखिएको छ । मंगलबार ८ अर्ब ६१ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको बजारमा बुधबार ३२९ स्टकको ८२ हजार ४५० पटकको कारोबारमा ८ अर्ब ६९ करोड २२ लाख ५० हजार रुपैयाँबराबरको २ करोड २२ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन रिडी पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.६७ प्रतिशतले बढेको छ । त्यस्तै, सिंगटी हाइड्रो इनर्जीको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढीले उकालो लागेको छ भने आँखु खोला जलविद्युत कम्पनीको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले बढेको छ । त्यस्तै, सुमर माइ हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ६.३९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा पनि रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६५ करोड ४७ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम ६२ करोड रुपैयाँ नाघेको छ भने सिंगटी हाइड्रो इनर्जीको साढे ५८ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

उपसमूहतर्फ १३ मध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूह घटेका छन् । बैंकिङ, विकास बैंक, जलविद्युत, लगानी र निर्जीवन बीमा उपसमूह सामान्य अंकले बढेका छन् भने बाँकी उपसमूहहरूमा झिनो गिरावट देखिएको छ ।

Post navigation

Previous:  फागुन ११ देखि आईपीओ निष्कासन गर्दै एपोलो हाइड्रोपावर
Next: निर्वाचन निष्पक्ष र भयरहित बनाउन सरकारलाई ध्यानाकर्षण

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.