Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

निर्वाचन निष्पक्ष र भयरहित बनाउन सरकारलाई ध्यानाकर्षण

Kamal Tamang February 11, 2026
bn
Share On:


काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएको छ । बैठकको शून्य समयमा बोल्दै सांसदहरूले आगामी फागुन २१ गते हुने निर्वाचनका सन्दर्भमा सम्भावित सुरक्षा चुनौतीप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरे ।

सांसद कृष्णबहादुर रोकायाले सुरक्षाकर्मीमाथि भएका आक्रमणका घटनाले निर्वाचनको सुरक्षा व्यवस्थापन र प्रहरीको मनोबलमा नकारात्मक असर पर्नसक्ने भन्दै चिन्ता व्यक्त गरे । सांसद पदमबहादुर परियार र विष्णुदेवी पुडासैनीले मतदाताले ढुक्क र शान्तिपूर्ण वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता गर्न सरकारसँग माग गरे । सांसद परियारले गैरआवासीय नेपाली सङ्घ ९एनआरएन०को निर्वाचनमा सरकारको भूमिकाबारे प्रश्न उठाए।

सांसद घनश्याम रिजालले निर्वाचन नजिकिँदै जाँदा बजारमा कृत्रिम अभाव र कालोबजारी बढेको उल्लेख गर्दै प्रभावकारी बजार अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराए । शून्य समयमा बोल्दै सांसदहरूले तामाकोसी बस दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । मृतकका परिवारलाई आवश्यक राहत उपलब्ध गराउन सभामुखमार्फत सरकारसँग माग राख्दै उनीहरूले घाइतेहरूको उपचारका लागि आवश्यक सबै प्रकारका सहयोग सुनिश्चित गर्न पनि ध्यानाकर्षण गराए ।

सांसद रेणु चन्द र श्रीकृष्णप्रसाद अधिकारीले बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि सरकार गम्भीर हुनुपर्ने बताउँदै सुरक्षित सडक यात्राका लागि सरोकारवाला सबै पक्षको सक्रियता आवश्यक रहेको उल्लेख गरे ।

Post navigation

Previous: नेप्से करिब स्थिर हुँदा पाँच उपसमूहमा हरियाली
Next: आर्थिक लाभ नदिने ‘खुद्रे तथा टुक्रे’ आयोजनामात्र रोकिएको हो : अर्थमन्त्री खनाल

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.