Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

 फागुन ११ देखि आईपीओ निष्कासन गर्दै एपोलो हाइड्रोपावर

Kamal Tamang February 11, 2026
1`
Share On:


काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले फागुन ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबर १४ करोड १० लाख रुपैयाँको १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ । यसमध्ये ४ लाख ७० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ । प्रभावित क्षेत्रका आधारमा उच्च, मध्यम र न्यून प्रभावित क्षेत्रमा क्रमशः ५० प्रतिशत, ३० प्रतिशत र २० प्रतिशत शेयर बाँडफाँट गरिनेछ ।

त्यस्तै, सर्वसाधारणतर्फ छुट्याइएको शेयरमध्ये ९४ हजार कित्ता (१० प्रतिशत) वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिनेछ ।

आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । स्थानीय बासिन्दाले अधिकतम ४७ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । स्थानीयका लागि निष्काशन फागुन २५ गतेसम्म ९ढिलोमा चैत १० गतेसम्म० खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि फागुन १४ गतेसम्म ९ढिलोमा फागुन २५ गतेसम्म० आवेदन दिन सकिनेछ ।

केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले मध्यम जोखिम संकेत गर्दछ । कम्पनीले ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना सञ्चालन गर्दै आएको छ, जसको अनुमानित लागत १ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी रहेको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

Post navigation

Previous: आजदेखि फिल्डमा खटिदै चुनावका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ 
Next: नेप्से करिब स्थिर हुँदा पाँच उपसमूहमा हरियाली

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.