Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

साताको अन्तिम दिन नेप्सेमा हरियाली, कारोबार रकम ११ अर्ब नाघ्यो

Kamal Tamang February 12, 2026
nep (2)
Share On:

काठमाडौं ।  साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । साताको सुरुदेखि निरन्तर ओरालो लागेको बजार अन्तिम दिन भने सुधार देखिएको हो ।

बिहीबार नेप्से परिसूचक ८.९७ अंकले बढेर २६७१.०७ विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स १.५१ अंकले बढ्दा फ्लोट इण्डेक्स ०.८५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंकले उकालो लागेको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । बुधबार ८ अर्ब ६९ करोड रुपैयाँको शेयर किनबेच भएको बजारमा बिहीबार ३३७ स्टकको १ लाख ६ हजार १८ पटकको कारोबारमा ११ अर्ब १० करोड २५ लाख ५० हजार रुपैयाँ बराबरको २ करोड ७७ लाख ८० हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको शेयर मूल्य २८ रुपैयाँ ५० पैसा बढेर ३१३ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भयो । त्यस्तै, रसुवागढी हाइड्रोपावरको शेयर मूल्य करिब १० प्रतिशतले उकालो लागेको छ भने खानी खोला हाइड्रोपावरको शेयर मूल्य ७ प्रतिशतले बढेको छ ।

कालिञ्चोक दर्शनको शेयर मूल्य सर्वाधिक ७.५९ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रह्यो। कम्पनीको ७० करोड ५३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यसैगरी, एसवाई प्यानल नेपालको करिब ४३ करोड ५० लाख रुपैयाँ तथा रिडी पावरको करिब ४२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

उपसमूहगत रूपमा हेर्दा १३ मध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूह घटेका छन् । विकास बैंक उपसमूह सर्वाधिक १.१८ प्रतिशतले बढ्दा जलविद्युत उपसमूह करिब १ प्रतिशतले उकालो लागेको छ । अन्य उपसमूहहरूमा सामान्य वृद्धि देखिएको छ ।

यता, होटल तथा पर्यटन उपसमूह सर्वाधिक १.६५ प्रतिशतले घटेको छ । लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहमा पनि सामान्य गिरावट देखिएको छ ।

Post navigation

Previous: डोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
Next: निर्वाचन २० दिन बाँकीः कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन थालियो

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.