Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • Uncategorized

उज्यालो नेपाल पार्टीमा छोटो समयमै देशभर समर्थन बढे : कुलमान घिसिङ

Kamal Tamang February 15, 2026
1
Share On:

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले छोटो समयमै देशभर जनताको माया, विश्वास र सद्भाव प्राप्त गरेको बताएका छन् । शनिबार रामेछापमा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले पार्टी स्थापना भएको करिब तीन महिनामै व्यापक समर्थन देखिएको बताएका हुन् ।

उनले भने,‘आज देशैभरी उज्यालो नेपाल पार्टी छोटो समयमा ३ महिनाको समयमा यति धेरै जनताको माया, विश्वास र सद्भाव रहेको छ, त्यो देख्दाखेरी हामी साँच्चिकै अब एक नम्बरको पार्टी बन्न धेरै समय लाग्दैन ।’

उनले अबको प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गएको उल्लेख गर्दै आगामी २०–२१ दिनको अभियानमा बढीभन्दा बढी सिट जित्ने लक्ष्य रहेको बताए । उनले आफ्नो पार्टीले निर्वाचनपछि सरकारको नेतृत्व गर्ने विश्वास व्यक्त गर्दै उज्यालो नेपाललाई ‘चमत्कारी पार्टी’का रूपमा स्थापित गर्ने दाबी गरे ।

‘अब यो संसदको चुनाव हामीसँग २०÷२१ दिन बाकी छ, यो २०÷२१ दिनमा हामी बढीभन्दा बढी सिट जित्छौ र आगामि सरकारका हामी सरकरको नेतृत्व गर्छौ भन्ने हामीलाई विश्वास छ,’ उनले भने ।

घिसिङले पार्टी अब निरन्तर रूपमा संगठन विस्तारमा केन्द्रित हुने पनि बताए । साथै करिब १५–१६ महिनापछि हुने प्रदेश र स्थानीय तह निर्वाचनमा उज्यालो नेपाललाई देशको पहिलो पार्टी बनाउने लक्ष्य रहेको उनको भनाइ थियो ।

‘सरकारको नेतृत्व गर्नका लागि अब उज्यालो नेपाल एउटा चमत्कारी पार्टीकोरुपमा आउने छ । अब उज्यालो नेपाल निरन्तररुपमा संगठन विस्तारमा लाग्नेछ । अब १५ ÷१६ महिनापछि हुने प्रदेश र स्थानीय चुनावमा उज्यालो नेपाल एक नम्बरको पार्टी बन्ने छ,’ उनले भने ।

Post navigation

Previous: रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु
Next: सुनको मूल्य बढ्दा चाँदी घट्यो, कतिमा हुँदैछ कारोबार ? 

Related Stories

1
  • International
  • News
  • Technology
  • Uncategorized

फिफा विश्वकप- जापानले नक आउटमा ब्राजिलसँग भिड्ने

Kamal Tamang June 26, 2026
1
  • International
  • News
  • Technology
  • Uncategorized

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूकाे चेतावनी

Kamal Tamang June 26, 2026
1
  • International
  • News
  • Technology
  • Uncategorized

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

Kamal Tamang June 26, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.