Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

आज सामान्य अङ्कले घट्यो नेप्से, कति भयो कारोबार ? 

Kamal Tamang February 16, 2026 1 minute read
nep
Share On:

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज परिसूचक ८.१६ अङ्कले घटेको छ । आइतबार सार्वजनिक बिदा भएका कारण सातामा पहिलो दिन सोमबार खुलेको बजार घटेर २६६२.९१ विन्दुमा ओर्लिएको हो । आज बजारमा दिनभरमा ३३५ वटा कम्पनी १ करोड ९६ लाख कित्ता सेयर ७ अर्ब ९४ करोड रुपैयाँमा कारोबार भएको छ । 

आजको बजारमा कुल १६३ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा ८६ कम्पनीका लगानीकर्ताले मात्र नाफा कमाएका छन् भने ९ वटा कम्पनीको मूल्य स्थिर रहेको छ। रिलायन्स स्पिनिङ मिल र सालपा विकास बैंकको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसमध्ये रिलायन्स र सालपा आईपीओ जारी भई आजदेखि कारोबार भएका कम्पनी हुन् । 

यस्तै, अपर स्याङे हाइड्रो र गणपति लघुवित्तका लगानीकर्ताहरू पनि क्रमशः ८.१८ र ५.९६ प्रतिशत नाफा कमाउन सफल भएका छन् । आज खानीखोला हाइड्रोपावर ८.१८ गिरावटसहित सर्वाधिक गुमाउने कम्पनी बन्यो । बजारमा आज फाइनान्स होटल र उत्पादनमूलक बाहेक सबै समूहमा गिरावट आएको छ । हाइड्रो समूह सबैभन्दा धेरै १।०२ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज रुरु जलविद्युत परियोजना ६५ करोड ३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार गर्दै शीर्ष स्थानमा रहेका छन् । आँखुखोला जलविद्युतको ५२ करोड ३६ लाख र ङादी ग्रुप पावर ४८ करोड २७ लाख रुपैयाँको कारोबार भएका छन् ।

Post navigation

Previous: पाँच वर्षभित्र नेपाललाई डिजिटल प्रविधिमा लैजाने गगन थापाको प्रतिबद्धता
Next: पाकिस्तानको एक सैन्य चौकीमा आत्मघाती आक्रमण, १० सुरक्षाकर्मीको मृत्यु

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.