Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

इरान आसपास अमेरिकी युद्धपोत र लडाकु विमान तैनाथी बढेको पुष्टि

Kamal Tamang February 17, 2026
1
Share On:

काठमाडौं । अमेरिकाले इरान आसपास सैन्य युद्धपोतको तैनाथी बढाएको पुष्टि भएको छ । उपग्रहबाट प्राप्त तस्बिरहरूले अमेरिकी विमानवाहक युद्धपोत ‘यूएसएस अब्राहम लिंकन’ इरान नजिक पुगेको पुष्टि भएको छ । उक्त युद्धपोत हाल ओमानको तट नजिक र इरानबाट करिब ७०० किलोमिटर दूरीमा रहेको जनाइएको छ ।

वाशिङ्टनले इरानको आणविक कार्यक्रम र पछिल्ला विरोध प्रदर्शनमाथि गरिएको कडा कारबाहीलाई लिएर वार्तासँगै सैन्य दबाब पनि बढाइरहेको अवस्थामा यो गतिविधि सार्वजनिक भएको हो ।

यसैबीच, अमेरिकी र इरानी अधिकारीहरूबीच मंगलबार जेनेभामा दोस्रो चरणको वार्ता सुरु हुँदैछ । इरानले बैठकमा आफ्नो आणविक कार्यक्रम र अमेरिकाले लगाएका आर्थिक प्रतिबन्ध हटाउने सम्भावनामा केन्द्रित हुने बताएको छ। तर वाशिङ्टनले भने अन्य विषयहरूमा पनि छलफल गर्न चाहेको संकेत दिएको छ ।

अब्राहम लिंकन युद्धपोतमा तीन निर्देशित क्षेप्यास्त्र विध्वंसक जहाज, एफ– ३५ लडाकु विमानसहित करिब ९० वटा विमान र ५ हजार ६८० सैनिक सवार रहेका छन् । गत जनवरी अन्त्यतिर खाडी क्षेत्रमा तैनाथ गरिएको यो युद्धपोत हालसम्म उपग्रह तस्बिरमा स्पष्ट रूपमा देखिएको थिएन । पछिल्लो जानकारीअनुसार जहाज ओमानको समुद्री क्षेत्र नजिक सक्रिय रहेको बताइएको छ ।

Post navigation

Previous: प्रतिनिधिसभा सदस्य निर्वाचन, सकियो मतपत्र छपाइ 
Next: क्यानडालाई पराजित गर्दै न्यूजिल्याण्ड सुपर आठमा प्रवेश

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.