Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

दोहोरो अंकले घट्यो नेप्से, कति भयो कारोबार ? 

Kamal Tamang February 17, 2026 1 minute read
nep
Share On:


काठमाडौं । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से २०.७५ अंकले घटेर २६४२.१५ विन्दुमा बन्द भएको छ।नेप्से घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। सोमबार ७ अर्ब ९४ करोड रूपैयाँको कारोबार भएकोमा मंगलबार ८ अर्ब ३६ करोड रूपैयाँमा पुगेको छ। 

यसदिन ३५४ वटा धितोपत्रको दुई करोड पाँच लाख ५९ हजार ५५ कित्ता सेयर किनबेच भएको हो। मंगलबार ४२ कम्पनीको सेयरमूल्य बढेको छ भने २१४ वटाको घटेको छ। यस्तै, ६ कम्पनी स्थिर छन्।

यसदिन साल्पा विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ।उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३६३ रूपैयाँ कायम भएको छ।यस्तै, सुपर माई हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ७३१ रूपैयाँ १० पैसा पुगेको छ। यसैगरी, खानीखोला हाइड्रोपावरको मूल्य सर्वाधिक घटेको छ। 

उक्त कम्पनीको मूल्य ९.३८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २९० रूपैयाँ पुगेको छ।यस्तै, सिटिजन सम्मुनत योजनाको मूल्य ८.३० प्रतिशतले घटेर कित्ता इकाई मूल्य ९ रूपैयाँ १७ पैसा कायम भएको छ।

मंगलबार रिडी पावरको सर्वाधिक कारोबार भएको छ।उक्त कम्पनीको प्रतिकित्ता ३२४ रूपैयाँमा ५३ करोड ३६ लाख बराबरको सेयर कारोबार भएको हो।यो मूल्य अघिल्लो दिनको तुलनामा १.५२ प्रतिशत घटेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा आखुँखोला जलविद्युत रहेको छ। उक्त कम्पनीको ३७३ रूपैयाँमा ४४ करोड ५२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये व्यापार र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी ११ समूहको परिसूचक घटेको छ।  यसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक २.११ प्रतिशतले घटेको छ।

Post navigation

Previous: क्यानडालाई पराजित गर्दै न्यूजिल्याण्ड सुपर आठमा प्रवेश
Next: मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न प्रहरीको अनुमति

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.