Skip to content
July 29, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

एपोलो हाईड्रोपावर लिमिटेडको आईपीओ आजदेखि निष्कासनमा

Kamal Tamang February 23, 2026
1
Share On:


काठमाडौं । एपोलो हाईड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन खुला गरेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता साधारण शेयर (प्रति कित्ता १०० रुपैयाँ) जारी गर्न स्वीकृति पाएको हो । जारी पूँजीको १० प्रतिशत अर्थात ४ लाख ७० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ भने २० प्रतिशत अर्थात ९ लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको छ ।

प्रभावित क्षेत्रअन्तर्गत ओखलढुङ्गा, सोलुखुम्बु र रामेछाप जिल्लाका विभिन्न वडाका बासिन्दाले आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित बासिन्दाले न्यूनतम १० देखि अधिकतम ४७ हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० देखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ ।

प्रभावित क्षेत्रका लागि आवेदन छिटोमा फागुन २५ गते (ढिलोमा चैत १०) र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि फागुन १४ गते (ढिलोमा फागुन २५) सम्म खुला रहनेछ । आईपीओको बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ । पहिलो चरणपछि कम्पनीले सर्वसाधारणका लागि पनि आईपीओ निष्कासन गर्ने जनाएको छ ।

Post navigation

Previous: अफगानिस्तानमा पाकिस्तानको आक्रमण, २० जनाको मृत्यु
Next: धादिङ बस दुर्घटनाः छानबिन गर्न समिति गठन गर्ने गृह मन्त्रालयको निर्णय 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.