Skip to content
September 15, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

  डलरको भाउ बढ्दा नेपालको झण्डै एक खर्ब बढ्यो ऋण 

Kamal Tamang February 27, 2026
1
Share On:


काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा नेपालको पौने २ खर्ब रुपियाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार माघ मसान्तसम्म १ खर्ब ८४ अर्ब ९३ करोड रुपियाँ सार्वजनिक ऋण वृद्धि भएको हो ।

अमेरिकी डलरको तुलनामा नेपाली रुपियाँ कमजोर बन्दै जाँदा ऋणको दायित्वमा थप दबाब परेको छ । माघ मसान्तसम्म विनिमय दरको असरका कारण मात्र ९२ अर्ब ९६ करोड रुपियाँ बराबर ऋण दायित्व बढेको कार्यालयले जनाएको छ ।

बाह्य ऋणको साँवा भुक्तानी अमेरिकी डलरमै गर्नुपर्ने भएकाले डलर मजबुत हुँदा समग्र सार्वजनिक ऋणमा अतिरिक्त भार पर्छ । माघ मसान्तसम्म कुल तिर्न बाँकी सार्वजनिक ऋण २८ खर्ब ५८ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ।

गत साउन १ गतेसम्म यस्तो ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपियाँ थियो । सात महिनाको अवधिमा उल्लेख्य ऋण थपिएसँगै अर्थतन्त्रमा यसको दबाब बढ्दो देखिएको छ।

हाल तिर्न बाँकी सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४६.८१ प्रतिशत बराबर पुगेको छ । यसमध्ये आन्तरिक ऋण जीडीपीको २२.०९ प्रतिशत र बाह्य ऋण २४.७२ प्रतिशत रहेको छ । माघ मसान्तसम्म आन्तरिक ऋण १३ खर्ब ४९ अर्ब १३ करोड रुपियाँ र बाह्य ऋण १५ खर्ब ९ अर्ब ८४ करोड रुपियाँ रहेको छ । कुल सार्वजनिक ऋणमा बाह्य ऋणको हिस्सा ५२.८१ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४७.१९ प्रतिशत छ ।

सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ९५ अर्ब रुपियाँ सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको छ, जसमा ३ खर्ब ६२ अर्ब आन्तरिक र २ खर्ब ३३ अर्ब बाह्य ऋण समेटिएको छ । तर माघ मसान्तसम्म कुल २ खर्ब ५५ अर्ब ४८ करोड रुपियाँ मात्र ऋण प्राप्त भएको छ, जुन वार्षिक लक्ष्यको ४२.८९ प्रतिशत हो ।

प्राप्त ऋणमध्ये २ खर्ब १७ अर्ब ६६ करोड रुपियाँ आन्तरिक र ३७ अर्ब ८१ करोड रुपियाँ बाह्य ऋण रहेको छ । यस अवधिमा आन्तरिक ऋण प्राप्ति लक्ष्यको ६०.१३ प्रतिशत पुगे पनि बाह्य ऋण प्राप्ति १६.१८ प्रतिशतमा सीमित छ ।

राजस्व संकलन लक्ष्यअनुसार नभएपछि सरकारले खर्च व्यवस्थापनका लागि ऋणमा निर्भरता बढाएको देखिन्छ । चालु आर्थिक वर्षमा ऋण सेवा खर्चका लागि ४ खर्ब ११ अर्ब रुपियाँ विनियोजन गरिएकोमा माघ मसान्तसम्म २ खर्ब ३ अर्ब ६५ करोड रुपैयाँ भुक्तानी भइसकेको छ, जुन वार्षिक विनियोजनको ४९.५५ प्रतिशत हो। जीडीपीको आधारमा कुल ऋण सेवा खर्च ३.३३ प्रतिशत पुगेको छ।

सात महिनामा सरकारले १ खर्ब ७० अर्ब ६१ करोड आन्तरिक र ३३ अर्ब ४ करोड बाह्य ऋणको दायित्व घटाएको छ। यस अवधिमा साँवा भुक्तानीतर्फ १ खर्ब ६३ अर्ब ५२ करोड र ब्याज भुक्तानीतर्फ ४० अर्ब १३ करोड रुपैयाँ खर्च भएको छ। आन्तरिक ऋणको साँवा भुक्तानी १ खर्ब ३६ अर्ब ७६ करोड तथा ब्याज ३३ अर्ब ८५ करोड रहेको छ भने बाह्य ऋणको साँवा २६ अर्ब ७६ करोड र ब्याज ६ अर्ब २८ करोड रुपियाँ तिरिएको छ।

Post navigation

Previous: निर्वाचन ६ दिन बाँकीः निर्वाचन अवधिभर मादक पदार्थ बिक्री वितरण तथा सेवनमा लगाईयो प्रतिबन्ध
Next:  ताप्लेजुङ र संखुवासभाको सीमा क्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.