काठमाडौं । दाङमा बाँके राष्ट्रिय निकुञ्ज प्रभावितहरूले मतदान बहिष्कार गरेका छन् । दाङ मध्यवर्ती क्षेत्र बबइ गाउँपालिका–७ देउती मावि मलई मतदान केन्द्र र बबई–१ मा रहेको जनता आधारभूत विद्यालयको केन्द्रमा समाचार तयार पार्दासम्म एक जनाले पनि मतदान गरेका छैनन् ।
मतदान अधिकृत चिरञ्जीवी खड्काका अनुसार साढे १० बजेसम्म बबइ गाउँपालिका(७ देउती मावि मलई मतदान केन्द्रमा मतदाता आएका छैनन् । मतदान केन्द्र सुनसान छ । यहाँ ६८२ मतदाता रहेका छन् ।
त्यस्तै बबइ(१ को एउटा केन्द्रको अवस्था पनि यस्तै छ । अहिलेसम्म मतदाता आएका छैनन् । जनता आधारभूत विद्यालयमा ५३० मतदाता रहेका छन् ।
