Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • Uncategorized

हालै सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनः रास्वपाले बनायो तीन ऐतिहासिक रेकर्ड

Kamal Tamang March 9, 2026
1
Share On:


काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक रेकर्ड बनाएको छ । प्रत्यक्षतर्फ निर्वाचित सिट सङ्ख्या र प्रतिशतको आधारमा रास्वपाले रेकर्ड कायम गरेको हो ।

हालसम्म आयोगको आधिकारिक मतपरिणाम अनुसार रास्वपाले १६५ निर्वाचन क्षेत्रमध्ये १२४ सिटमा जित हासिल गरिसकेको छ भने एउटा सिटमा अग्रता कायम गरेको छ । एउटै पार्टीबाट प्रत्यक्षतर्फ यति धेरै सङ्ख्या निर्वाचित भएको सङ्ख्या इतिहासमा पहिलोपटक हो ।

यसअघि २०६४ सालको निर्वाचनमा तत्कालीन माओवादीले १२० सिटमा जित हासिल गरेको थियो । तर, त्यतिबेला नेपालमा २४० वटा निर्वाचन क्षेत्र रहेको थियो । अहिले १६५ निर्वाचन क्षेत्रमै रास्वपाले त्योभन्दा धेरैको रेकर्ड बनाएको हो ।

प्रत्यक्षतर्फ निर्वाचित प्रतिशत पनि रास्वपाले बनाएको अर्को रेकर्ड हो । १२१ सिटमा जित निकाल्नु भनेको ७३.३३ प्रतिशत सिट जित्नु हो, जुन अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

यसअघि २०१५ सालमा भएको पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसले १०९ मध्ये ७४ सिटमा जित हासिल गरेको थियो । यो ६७.८९ प्रतिशत बराबर हो । त्यसपछिका कुनै पनि चुनावमा त्योभन्दा राम्रो परिणाम प्राप्त भएको छैन ।

त्यस्तै, समानुपातिक निर्वाचन प्रणालीमार्फत एउटै पार्टीले सबैभन्दा धेरै मत ल्याएको यो पहिलो पटक हो । अहिलेसम्म गणना भएको मत अनुसार रास्वपाले ४० लाख मत कटाएको छ । जबकि यसभन्दा अघि २०७४ सालमा एमालेले ३१ लाख ७३ हजार मत ल्याएको थियो ।

२०६४ सालमा माओवादीले ३१ लाख ४४ हजार, २०७० सालमा कांग्रेसले २४ लाख १८ हजार र २०७९ सालमा एमालेले सबैभन्दा धेरै २७ लाख ९१ हजार मत ल्याएको थियो ।

Post navigation

Previous: आज सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक
Next: रास्वपाको बहुमतपछि शेयर बजारमा ३ मिनेटमै तीन सर्किट, आजका लागि बजार बन्द

Related Stories

1
  • International
  • News
  • Technology
  • Uncategorized

फिफा विश्वकप- जापानले नक आउटमा ब्राजिलसँग भिड्ने

Kamal Tamang June 26, 2026
1
  • International
  • News
  • Technology
  • Uncategorized

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूकाे चेतावनी

Kamal Tamang June 26, 2026
1
  • International
  • News
  • Technology
  • Uncategorized

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

Kamal Tamang June 26, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.