काठमाडौं । अमेरिका र इजरायलको आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको उत्तराधिकारीका रूपमा उनका छोरा मोज्तबा खामेनीलाई चयन गरिएको छ। आफ्ना बाबुको तुलनामा ५६ वर्षीय मोज्तबा सधैँ पर्दा पछाडि रहेर काम गर्न रुचाउने व्यक्ति हुन्।
उनले अहिलेसम्म कुनै पनि सरकारी पद सम्हालेका छैनन् भने सार्वजनिक रूपमा भाषण वा अन्तर्वार्ता पनि दिएका छैनन्। मिडियामा उनका निकै सीमित तस्बिर र भिडिओहरू मात्र सार्वजनिक भएका छन्। तर, वर्षौँदेखि इरानको सत्ता समीकरणमा उनले पर्दा पछाडिबाट ठूलो प्रभाव पार्दै आएको चर्चा निरन्तर हुँदै आएको छ।
सन् २००० को दशकको अन्त्यतिर विकिलिक्सले सार्वजनिक गरेका अमेरिकी कूटनीतिक दस्ताबेजहरूमा उनलाई ‘पोसाकभित्र लुकेको शक्ति’ भनेर वर्णन गरिएको थियो। समाचार एजेन्सी एपीका अनुसार उनलाई सत्ताभित्र एक सक्षम र शक्तिशाली पात्रका रूपमा हेरिन्छ।
द खलयद्यपि, उनको छनोट विवादरहित भने पक्कै छैन। सन् १९७९ मा राजतन्त्रको अन्त्य गर्दै स्थापना भएको इस्लामिक गणतन्त्रको मुख्य विचारधारा नै सर्वोच्च नेता वंशानुगत रूपमा नभई उसको धार्मिक हैसियत र प्रमाणित नेतृत्व क्षमताका आधारमा छनोट हुनुपर्छ भन्ने हो।
