Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

रास्वपाको बहुमतपछि शेयर बजारमा ३ मिनेटमै तीन सर्किट, आजका लागि बजार बन्द

Kamal Tamang March 9, 2026
1
Share On:


काठमाडौं ।  प्रतिनिधिसभा निर्वाचन–२०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुईतिहाइ बहुमत ल्याएपछि शेयर बजारमा अभूतपूर्व उत्साह देखिएको छ । स्थिर सरकार बन्ने र नीतिगत स्थिरता आउने अपेक्षासहित लगानीकर्ताले आक्रामक रूपमा शेयर किन्न थालेपछि सोमबार खुलेको बजारमा लगातार तीन सर्किट लागेको हो ।

बजार खुलेको एक मिनेटमै नेप्से ४ प्रतिशतले बढ्दै पहिलो सर्किट लाग्यो र २० मिनेटका लागि कारोबार स्थगित गरियो । त्यसपछि खुलेको बजारमा फेरि एक मिनेटमै नेप्से ५ प्रतिशत पुगेपछि दोस्रो सर्किट लाग्दै ४० मिनेटका लागि कारोबार रोकियो । पुनः खुलेको बजारमा अर्को एक मिनेटमै थप १ प्रतिशत बढेर कुल ६ प्रतिशत पुगेपछि तेस्रो सर्किट लाग्दै आजका लागि कारोबार बन्द गरिएको हो ।

सोमबार नेप्से परिसूचक १६२.९३ अंकले बढेर २८७५.४३ विन्दूमा पुगेको छ । २५३ कम्पनीको शेयर कारोबार भएको बजारमा करिब ५१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

लगानीकर्ताहरूका अनुसार रास्वपाको स्थिर सरकार बन्ने अपेक्षा, शेयर बजार सुधारसम्बन्धी प्रतिबद्धता र सम्भावित आर्थिक सुधारका कारण बजारमा उत्साह बढेको हो । बजार विश्लेषकहरूले आजबाट सुरु भएको बुल ट्रेन्डले आगामी दिनमा नेप्सेले नयाँ रेकर्ड बनाउन सक्ने अनुमान गरेका छन् ।

Post navigation

Previous: हालै सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनः रास्वपाले बनायो तीन ऐतिहासिक रेकर्ड
Next: रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.